Trending
Prev Story
Next Story

सीमा सुरक्षामा स्थानीयको सहकार्य महत्त्वपूर्ण : सशस्त्र प्रहरी

Ekantipur •
November 18, 2026 • 11:32 AM
2
2 reads 0 reactions

सीमा स्तम्भको निगरानीदेखि अवैध चोरी पैठारी र आपराधिक गतिविधि नियन्त्रणसम्म स्थानीय बासिन्दाको सहयोग आवश्यक रहेको बाहिनीपति दीपक अधिकारीको भनाइ छ ।

सीमा सुरक्षामा स्थानीयको सहकार्य महत्त्वपूर्ण : सशस्त्र प्रहरी

सीमा स्तम्भको निगरानीदेखि अवैध चोरी पैठारी र आपराधिक गतिविधि नियन्त्रणसम्म स्थानीय बासिन्दाको सहयोग आवश्यक रहेको बाहिनीपति दीपक अधिकारीको भनाइ छ ।

बर्दिया — सशस्त्र प्रहरी बल नेपाल, ५ नम्बर विन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति दीपक अधिकारीले सीमाक्षेत्रका बासिन्दाबाट सीमा स्तम्भको निगरानी, सीमामा हुने आपराधिक गतिविधि र अवैध चोरी पैठारी नियन्त्रणमा महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

बुधबार गुलरिया स्थित सशस्त्र प्रहरी बल ३१ नम्बर गणको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सीमा क्षेत्रका १८ वटामध्ये १७ वडाका वडाध्यक्षसहित ३५ जनाको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा बाहिनीपतिले सीमामा हुने आपराधिक गतिविधिमा निगरानी र सहजीकरण हुने बताएका हुन् ।

आपराधिक गतिविधि, अवैध चोरी पैठारी, लागुऔषध ओसारपसार नियन्त्रण, मानव बेचबिखन, वन पैदावार तथा वन्यजन्तु ओसारपसार, अवैध हतियार तथा विस्फोटक पदार्थ ओसारपसार, तेस्रो मुलुकको अवैध घुसपैठ नियन्त्रण र सीमा निगरानीमा सहजीकरणका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा ३१ नम्बर गणका गणपति दिनेश कुमार महत, जिल्लाका सीमावर्ती गुल्मपति, बीओपीपतिलगायतको उपस्थिति थियो ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
२७ लाखको अवैध सामान बरामद

२७ लाखको अवैध सामान बरामद

रुपन्देहीको सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपियाँ मूल्यको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक...

#सीमा #सशस्त्र #अवैध
Compare →
Bizshala
1d ago
विद्युत् निर्यातको सीमा बढाउन भारतसँग छलफल, प्रसारणलाइन विस्तार र सौर्य ऊर्जामा सहकार्यको प्रस्ताव

विद्युत् निर्यातको सीमा बढाउन भारतसँग छलफल, प्रसारणलाइन विस्तार र सौर्य ऊर्जामा सहकार्यको प्रस्ताव

काठमाण्डौ । नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको सीमा बढाउने तथा अन्तरदेशीय प्रसारणलाइन विस्तार गर्ने विषयमा...

#सीमा #सहकार्य
Compare →
Onlinekhabar
8h ago
सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट ४२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार मंसिर १ गते …

#सशस्त्र #अवैध
Compare →
Nagarik News
22h ago
पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएकोप्रति सशस्त्र प्रहरीको गम्भीर ध्यानाकर्षण

पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएकोप्रति सशस्त्र प्रहरीको गम्भीर ध्यानाकर्षण

सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बल, नेपालका सदस्य नभएको कुरा स्पष्ट पारिएको छ।

#सशस्त्र
Compare →

Related Stories

National (Nepal)
Build #2612