Trending
Prev Story
Next Story

पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएकोप्रति सशस्त्र प्रहरीको गम्भीर ध्यानाकर्षण

Nagarik News •
November 17, 2026 • 02:01 PM
3
3 reads 0 reactions

सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बल, नेपालका सदस्य नभएको कुरा स्पष्ट पारिएको छ।

पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएकोप्रति सशस्त्र प्रहरीको गम्भीर ध्यानाकर्षण

सशस्त्र प्रहरीले संगठनको पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो प्रसारण गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार कम्ब्याट ड्रेसको पाइन्ट लगाई सडक पेटीमा सुतिरहेका व्यक्तिको भिडियो बनाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेको विषयमा संगठनको ध्यानाकर्षण भएको जनाएको हो । सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार  भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बल, नेपालका सदस्य नभएको कुरा स्पष्ट पारिएको छ।

यसबाट आम नागरिकमा भ्रम सिर्जना हुन सक्ने भन्दै संगठनको पोशाक दुरुपयोग गरी त्यस्तो गतिविधिको भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिहरूविरुद्ध प्रचलित कानूनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

भिडियो बनाउनेलाई कारबाहीका लागि साइबर ब्युरोमा उजुरी दिएको डिएसपी थापाले बताए । एक व्यक्ति सशस्त्र प्रहरी बलको पोशाक लगाएर सडक पेटीमा लडिरहेको भिडियो सामाजिक संजालमा फैलिएको थियो ।

प्रकाशित: १ मंसिर २०८३ १९:४६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
सशस्त्रको पोशाक दुरुपयोग गरेर सञ्जालमा भिडियो पोस्ट गर्नेविरुद्ध अघि बढ्यो कारबाही प्रक्रिया

सशस्त्रको पोशाक दुरुपयोग गरेर सञ्जालमा भिडियो पोस्ट गर्नेविरुद्ध अघि बढ्यो कारबाही प्रक्रिया

१ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले उक्त भिडिओ बनाएर …

#सशस्त्र #पोशाक #दुरुपयोग
Compare →
Ekantipur
2h ago
पोसाक दुरुपयोग गरी भिडियो बनाउनेविरुद्ध सशस्त्र प्रहरीले थाल्यो कारबाही

पोसाक दुरुपयोग गरी भिडियो बनाउनेविरुद्ध सशस्त्र प्रहरीले थाल्यो कारबाही

सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भ्रमपूर्ण सामग्री उत्पादन तथा प्रसारण गर्ने व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

#सशस्त्र #दुरुपयोग #गरी
Compare →
Bizshala
5d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#सशस्त्र #प्रहरीको
Compare →
Hamro Patro News
6d ago
भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ – सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन् । भाइटीक...

#सशस्त्र #प्रहरीको
Compare →

Related Stories

National (Nepal)
Build #2612