Trending
Prev Story
Next Story

छठ घाटमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन

Ekantipur •
November 15, 2026 • 12:32 PM
2
2 reads 0 reactions

पर्साका सबै छठ घाटमा दुर्घटना न्यूनीकरण तथा आकस्मिक उद्धारका लागि सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको छ ।

छठ घाटमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन

पर्साका सबै छठ घाटमा दुर्घटना न्यूनीकरण तथा आकस्मिक उद्धारका लागि सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको छ ।

पर्सा — छठ पर्वका अवसरमा घाटहरूमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा दुर्घटना भइहाले तत्काल उद्धार गर्न सशस्त्र प्रहरीले उद्धार टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साले मातहतका सबै युनिटलाई आ-आफ्नो कार्यक्षेत्रमा रहेका छठ घाटमा उद्धार टोलीसहित परिचालन गरेको हो ।

सशस्त्र प्रहरी पर्साका प्रमुख प्रहरी उपरीक्षक मोहनसिंह क्षेत्रीका अनुसार सर्वाधिक भीडभाड हुने वीरगन्जको घडिअर्वा पोखरीस्थित छठ घाटमा विशेष सतर्कता अपनाइएको छ । पोखरीमा व्रतालु तथा दर्शनार्थी डुब्न सक्ने जोखिमलाई मध्यनजर गर्दै मोटरबोटसहितको उद्धारकर्ता टोली खटाइएको उनले बताए ।

त्यसैगरी, विद्युत् जडित बत्तीबाट हुन सक्ने सम्भावित दुर्घटना रोक्न तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरिएको छ। घाटमा व्रतालु तथा दर्शनार्थीलाई स्वास्थ्य समस्या देखिए तत्काल उपचार उपलब्ध गराउन स्वास्थ्यकर्मीसहितको टोलीसमेत खटाइएको क्षेत्रीले जानकारी दिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
18h ago
छठघाटमा महँगा सुनका गहना नलगाउन प्रहरीको आग्रह

छठघाटमा महँगा सुनका गहना नलगाउन प्रहरीको आग्रह

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जलगायत जिल्लाका सम्पूर्ण छठघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। छठ पर्वका अवसरमा घाटमा हुने सम्भावित चोरी, पाकेटमारी तथा लुटपाटका घटनालाई मध्यनजर ...

#पर्सा #प्रहरीको
Compare →
Nagarik News
1d ago
भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल

भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेले भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका छन्।

#दुर्घटना #प्रहरीको
Compare →
Onlinekhabar
2d ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →

Related Stories

National (Nepal)
Build #2612