हरेक वर्ष छठ पर्वका अवसरमा विशेष रूपमा सजाइने गौरीघाटमा यस वर्ष पनि आकर्षक ढंगले घाट निर्माण तथा सजावट भइरहेको छ । नदी किनारमा पूजाका लागि आवश्यक स्थान तयार पार्ने, सरसफाइ गर्ने, बत्ती जडान गर्ने तथा अन्य व्यवस्थापकीय काम भइरहेका छन् ।
छठ पर्व नजिकिएसँगै काठमाडौंको गौरीघाटस्थित छठ घाट निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । छठ मनाउन आउने व्रतालु तथा श्रद्धालुलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन घाट व्यवस्थापन, सरसफाइ र झिलिमिली बत्ती जडानलगायतका कामलाई तीव्रता दिइएको छ ।हरेक वर्ष छठ पर्वका अवसरमा विशेष रूपमा सजाइने गौरीघाटमा यस वर्ष पनि आकर्षक ढंगले घाट निर्माण तथा सजावट भइरहेको छ । नदी किनारमा पूजाका लागि आवश्यक स्थान तयार पार्ने, सरसफाइ गर्ने, बत्ती जडान गर्ने तथा अन्य व्यवस्थापकीय काम भइरहेका छन् ।
छठ पर्वका लागि गौरीघाटलाई झिलिमिली बत्तीले सजाइएको छ । साँझको समयमा घाटलाई आकर्षक र उज्यालो बनाउन विद्युत् तथा सजावटी बत्ती जडान गरिएको छ । साथै, व्रतालुहरूलाई पूजा सामग्री राख्न र सूर्यलाई अर्घ्य दिन सहज हुने गरी घाट व्यवस्थापन भइरहेको छ ।छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
गौरीघाट काठमाडौं उपत्यकामा छठ पूजा गर्ने प्रमुख स्थलमध्ये एक हो । यहाँ काठमाडौं तथा आसपासका विभिन्न स्थानबाट श्रद्धालु पूजा गर्न आउने गर्छन् । पर्वलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन स्थानीयवासी तथा व्यवस्थापनमा खटिएका व्यक्तिहरू तयारीमा जुटेका छन् । छठको मुख्य दिन नजिकिँदै गर्दा गौरीघाटमा चहलपहलसमेत बढ्दै गएको छ ।
दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।