काठमाडौं : छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदैछ। लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सबै तयारी गरिएको छ।
काठमाडौंका गौरीघाट, कमलपोखरी, विष्णुमति लगायतका स्थानमा पूजास्थलको निर्माणका साथै अन्य व्यवस्थापनको कार्य सम्पन्न भएको छ। विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि उल्लास देखिन थालेको छ। ४ दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन्।
Read full story at source ( annapurnapost.com )