Trending
Prev Story
Next Story

चार दिन, अनेक विधि : सूर्य आराधनाको महापर्व

Ekantipur •
November 14, 2026 • 10:01 AM
10
10 reads 0 reactions

छठ पर्व आस्था, शुद्धता र प्रकृतिप्रतिको कृतज्ञताको पर्व हो । तराई–मधेशमा विशेष उल्लासका साथ मनाइने यो पर्व पछिल्लो समय पहाड र हिमाली क्षेत्रसम्म विस्तार हुँदै गएको छ । चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठले पारिवारिक आत्मीयता र सामाजिक सद्भावको सन्देशसमेत दिन्छ ।

चार दिन, अनेक विधि : सूर्य आराधनाको महापर्व

छठ पर्व आस्था, शुद्धता र प्रकृतिप्रतिको कृतज्ञताको पर्व हो । तराई–मधेशमा विशेष उल्लासका साथ मनाइने यो पर्व पछिल्लो समय पहाड र हिमाली क्षेत्रसम्म विस्तार हुँदै गएको छ । चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठले पारिवारिक आत्मीयता र सामाजिक सद्भावको सन्देशसमेत दिन्छ ।

जनकपुर — अस्ताउँदो र उदाउँदो सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने छठ पर्व आजदेखि सुरु भएको छ । प्रकृतिप्रति कृतज्ञता र सूर्यप्रति आस्था प्रकट गर्ने यस पर्वले शुद्धता, समानता, पारिवारिक आत्मीयता र सामाजिक सद्भावको सन्देश दिन्छ । चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पछिल्लो समय तराई–मधेशबाट फैलिँदै पहाड र कतिपय हिमाली क्षेत्रसम्म पनि लोकप्रिय बन्दै गएको छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठ पर्वमा सूर्यको पूजा अर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान सूर्य उपासनाको सम्मिलित पर्व हो ।

छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई पूजा, आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरी मत छ ।

छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो। षष्ठीका दिन षष्ठीका देवी समेतको पूजा भएकाले यस पर्वको नाम षष्ठी, छठि र छठ हुन गएको बुझिन्छ। यस पर्वमा अस्ताउँने र उदाउँने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिनु हो।

छठमा धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भइ पूजा गर्नु भनेको ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन भन्ने सन्देश अन्तरनिहित रहेको संस्कृतिविदहरु बताउँछन् । यसका साथै नारी सर्वोच्चता स्थापित गर्ने र आफ्नै खेतवारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो।

छठको मुख्य विधि अन्तर्गत पहिलो दिन चतुर्थीको विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्न थाल्दछन्।

दोस्रो दिन पञ्चमीमा खरना गरिन्छ । जसलाई पापको क्षय पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रत बस्ने व्यक्तिले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि बर्तालुले पूर्ण व्रत लिनुपर्दछ।

तेस्रो दिन छठ पर्वको मुख्य दिन हो । यो दिन अस्ताउँदो सूर्यको उपासना गरिन्छ । तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मूला गाजर , ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन्।

परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन्। त्यसपछि बर्तालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्छन्। यस क्रममा बर्तालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन्। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइ छठ समापन गरिन्छ । पर्वको चौथो अर्थात अन्तिम दिन पार्वण गरिन्छ। यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन्। अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा पनि रहेको छ।

यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ।

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व अहिले देशका धेरै स्थानमा मनाइन्छ । पहिला जनकपुरको मिथिलाञ्चलमा मात्र सीमित यो छठ पर्व अहिले संघीय राजधानी काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको हो ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको हो ।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वर वधु प्राप्तिको कामना गर्ने प्रचलन छ । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि उल्लेख्य रहेको पाइन्छ । छालासँग सम्बन्धित रोगबाट मुक्तिको कामनाले व्रत गर्ने दोस्रो नम्बरमा हुने गरेका छन् । अन्य कामनाले व्रत गर्नेहरु पनि छन् ।

यो पर्व नै यस्तो पर्व हो, जुन अवसरमा पूजाघाटमा गाउँ टोलका महिलापुरुष सबै भेला हुन्छन्। यसले एक–आपसमा नजिकिने मौका दिन्छ। छठ पर्व पारिवारिक जमघटको अवसर पनि हो। परिवारबाट टाढा–टाढा बसेका व्यक्तिहरू पनि छठ पर्व मनाउन आफ्नो घर फर्कने गर्दछन्। छठ पर्वले पारिवारिक मेल र आत्मीयता अभिवृद्धिको अवसर समेत प्रदान गर्दछ।

यस वर्ष आइतबार बेलुकी अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने कार्यक्रम रहेको छ । सूर्यलाई अर्घ दिएसँगै चार दिने छठ पर्व समापन हुनेछ ।

अनिल मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
चार दिन, अनेक विधि : सूर्य आराधनाको महापर्व

चार दिन, अनेक विधि : सूर्य आराधनाको महापर्व

चार दिन, अनेक विधि : सूर्य आराधनाको महापर्व छठ पर्व आस्था, शुद्धता र प्रकृतिप्रतिको कृतज्ञताको पर्व हो । तराई–मधेशमा विशेष उल्लासका साथ मनाइने यो पर्व पछिल्लो समय पहाड र हिमाली क्षेत्रसम्म विस्तार...

#पर्व #विधि #अनेक
Compare →
Nagarik News
4h ago
छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

सन्तान प्राप्ति र श्रीमानको लामो आयुको लागि सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ।

#पर्व #मनाइने #सूर्य
Compare →
Bizshala
10h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#पर्व #सूर्य
Compare →
Onlinekhabar
10h ago
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२९ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक …

#पर्व #सूर्य
Compare →

Related Stories

Technology
Build #2612