Trending
Prev Story
Next Story

सशस्त्र प्रहरीमा रिक्त एक एआईजी पदमा तीन प्रतिस्पर्धी

Ekantipur •
November 14, 2026 • 08:32 AM
3
3 reads 0 reactions

एआईजी वंशीराज दाहालको पदावधि एक वर्ष थप गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको थियो । तर, उनी बर्खास्त भएसँगै यो पद खाली छ ।

सशस्त्र प्रहरीमा रिक्त एक एआईजी पदमा तीन प्रतिस्पर्धी

एआईजी वंशीराज दाहालको पदावधि एक वर्ष थप गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको थियो । तर, उनी बर्खास्त भएसँगै यो पद खाली छ ।

काठमाडौँ — सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा पद रिक्त भएको छ । एआईजी वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेसँगै उक्त पद रिक्त भएको हो ।

उनको पदावधि एक वर्ष थप गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको थियो । तर उनी बर्खास्तमा परेसँगै यो पद खाली छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) रामशरण पौडेलले पदावधि थपका लागि मन्त्रालयमा सिफारिस गरिसकेका थिए । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न मध्यराति प्रहरी कार्यालय पुगेको र फिक्सर इनाम सापकोटासँग सम्पर्क देखिएको आरोपमा उनलाई बर्खास्त गरिएको थियो ।

त्यसयता रिक्त एआईजी पदमा बढुवा प्रक्रिया अघि बढेको छैन । गृह मन्त्रालयका एक अधिकारीले कान्तिपुरसँग कुरा गर्दै बढुवा प्रक्रिया चाँडै सुरु हुने बताएका छन् । रिक्त पदमा बढुवाका लागि सशस्त्र प्रहरी बलका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेश श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा प्रतिस्पर्धामा छन् ।

श्रेष्ठ हाल सीमा सुरक्षा विभागमा कार्यरत छन् भने शाह इन्टेलिजेन्स ब्युरोको नेतृत्व गरिरहेका छन् । थापा भने सशस्त्र प्रहरी बलको एकेडेमीमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

२६ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ । संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । दाहालमाथि …

#एआईजी #सशस्त्र
Compare →
Hamro Patro News
1d ago
एआईजीको एक पद रिक्त : वरीयतामा श्रेष्ठ अगाडि, कार्यसम्पादनमा दीपेन्द्र शाहको दाबेदारी बलियो !

एआईजीको एक पद रिक्त : वरीयतामा श्रेष्ठ अगाडि, कार्यसम्पादनमा दीपेन्द्र शाहको दाबेदारी बलियो !

सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएसँगै बढुवाको प्रतिस्पर्धा सुरु भएको छ। वरीयताक्रममा डीआईजी सुरेशकुमार श्रेष्ठ अगाडि देखिए पनि कार्यसम्पादन, जिम्मेवारी निर्वाह र सं...

#एआईजी #रिक्त
Compare →
Nagarik News
21h ago
८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।

#सशस्त्र
Compare →
Bizshala
2d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#सशस्त्र
Compare →

Related Stories

National (Nepal)
Build #2612