सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएसँगै बढुवाको प्रतिस्पर्धा सुरु भएको छ। वरीयताक्रममा डीआईजी सुरेशकुमार श्रेष्ठ अगाडि देखिए पनि कार्यसम्पादन, जिम्मेवारी निर्वाह र संगठनभित्रको सक्रियताको मूल्यांकन गर्ने हो भने डीआईजी दीपेन्द्र शाहको दाबेदारीलाई पनि बलियो रूपमा हेरिनुपर्ने अवस्था छ।
हाल रिक्त एआईजी पदका लागि डीआईजी सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापाबीच प्रतिस्पर्धा देखिएको छ। श्रेष्ठ सीमा सुरक्षा विभागको जिम्मेवारीमा छन् भने शाह इन्टेलिजेन्स ब्युरोको नेतृत्व गरिरहेका छन्। त्यस्तै, थापा सशस्त्र प्रहरी बलको एकेडेमीमा कार्यरत छन्।
Read full story at source ( barnanmedia.com )