Trending
Prev Story
Next Story

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Ekantipur •
November 14, 2026 • 08:32 AM
8
8 reads 0 reactions

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् ।

जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

दुई गठबन्धन दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् ।

प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो मन्त्वय राख्दै पदबाट राजीनामा दिएका हुन् ।

प्रदेशसभाको दोस्रो कार्यकालमा संसद् बैठकबाटै राजीनामा गर्ने यादव ५औं मुख्यमन्त्री हुन् । यसअघि, एमालेका सरोजकुमार यादव (महोत्तरी) ले विश्वासको मत लिने क्रममा राजीनामा गरेका थिए । उनी अघि जितेन्द्र सोनलले विश्वासको मत लिने क्रममै राजीनामा दिए ।

सोनलअघि जनमत पार्टीका सतिशकुमार सिंहले विश्वासको मत जुटाउन नसक्दा पद त्यागे । जसपा नेपालका सरोजकुमार यादव (बारा) पनि विश्वासको मत लिन नसक्दा स्वतः पदमुक्त भएका थिए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
21h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#यादव #मुख्यमन्त्री #राजीना
Compare →
Hamro Patro News
22h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा गरेका छन्। प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि उनले राजीनामा गरेका हुन्। विश्वासको मत लिने प्रयोजनका लागि आज भएको...

#मुख्यमन्त्री #राजीना #मधेश
Compare →
Nagarik News
1d ago
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् ।

#यादव #मुख्यमन्त्री #राजीना
Compare →
Onlinekhabar
1d ago
मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य …

#यादव #मुख्यमन्त्री #राजीना
Compare →

Related Stories

Politics & Governance
Build #2612