Trending
Prev Story
Next Story

हेटौंडामा हवाई फायर गरेर पेस्तोलसहित दुई जना पक्राउ

Ekantipur •
November 14, 2026 • 09:32 AM
2
2 reads 0 reactions

उनीहरूको साथबाट प्रहरीले ७.६५ एमएमको सेमी अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने एक राउन्ड गोली, म्यागजिन एक थान र तीन थान एन्ड्रोइड मोबाइल बरामद गरेको छ ।

हेटौंडामा हवाई फायर गरेर पेस्तोलसहित दुई जना पक्राउ

उनीहरूको साथबाट प्रहरीले ७.६५ एमएमको सेमी अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने एक राउन्ड गोली, म्यागजिन एक थान र तीन थान एन्ड्रोइड मोबाइल बरामद गरेको छ ।

काठमाडौँ — सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले हवाई फायर गरेर पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ तिरतिरेधारानजिक शनिबार बिहान शंकास्पद अटो रिक्सा जाँच गर्ने क्रममा एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

अवैध सामान ल्याउँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवर्ण थापाको कमान्डमा खटिएको विशेष टोलीले अटो रिक्सा रोक्न खोजेको थियो । सो क्रममा अटोमा सवार व्यक्तिले प्रहरी टोलीमाथि फायर गर्न खोजेपछि हवाई फायर गरेर नियन्त्रणमा लिइएको जनाइएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मनराशिस्वा नयाँबस्तीका आमिर भन्ने सुनबहादुर तामाङ र अटोचालक विश्वराज मोक्तान छन् ।

उनीहरूको साथबाट ७.६५ एमएमको सेमी अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने एक राउन्ड गोली, म्यागजिन एक थान र तीन थान एन्ड्रोइड मोबाइल बरामद गरिएको छ । प्रहरीले अटो रिक्सा पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरी बलको नम्बर १४ गण हेटौंडामार्फत नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
अमेरिकामा घण्टौँपछि खुल्यो हवाई सेवा

अमेरिकामा घण्टौँपछि खुल्यो हवाई सेवा

काठमाडौं । अमेरिकामा देशभरका विमानस्थलमा लगाइएको उडान रोक हटाइएको छ। प्राविधिक उपकरणमा समस्या आएपछि घण्टौँसम्म अवरुद्ध भएको हवाई सेवा शुक्रबार रातिदेखि पुनः सञ्चालनमा आएको हो। अमेरिकी अधिकारीहरूका...

#हवाई
Compare →
Arthasansar
6h ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#हवाई
Compare →
Onlinekhabar
7h ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#हवाई
Compare →
Nagarik News
1d ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#हवाई
Compare →

Related Stories

Technology
Build #2612