Trending
Prev Story
Next Story

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

Onlinekhabar •
November 14, 2026 • 03:02 AM
1
1 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए ।

अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्याको पहिचान गरिसकिएको र देशको हवाई क्षेत्र पुनः खुला गरिएको जानकारी दिएका छन् । यद्यपि, उडान सेवा तत्काल पूर्ण रूपमा सामान्य अवस्थामा फर्कन नसक्ने र क्रमशः सञ्चालनमा ल्याइने उनले बताएका छन्।

अमेरिकी यातायात सचिवका अनुसार शुक्रबार दिउँसो ३ बजेर ३६ मिनेटमा देशभरका एयर ट्राफिक कन्ट्रोल केन्द्र तथा ट्र्याकन प्रणालीमा राडार र सञ्चारसम्बन्धी समस्या देखिएको थियो ।

यसका कारण विमानको राडारसम्बन्धी तथ्याङ्क प्राप्त गर्न र विमानसँग सम्पर्क कायम गर्न कठिनाइ भएको थियो । यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सावधानीस्वरूप देशभर ग्राउन्ड स्टप अर्थात् विमानलाई जमिनमै रोक्ने निर्णय गरेका थिए ।

त्यतिबेला आकाशमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए। सबै विमानले हवाई ट्राफिक नियन्त्रणका निर्देशन पालना गर्दै सुरक्षित अवतरण गरेका थिए ।

साइबर आक्रमण भने होइन : अमेरिकी प्रशासन

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त घटना साइबर आक्रमण नभएको स्पष्ट पारेका छन् ।

उनका अनुसार यो समस्या माइक्रोसफ्टको सिस्टममा आएको अवरोधसँग पनि सम्बन्धित छैन।  प्रारम्भिक अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (एआई) को कारण समस्या आएको कुनै संकेत फेला परेको छैन ।

यातायात सचिव डफीका अनुसार अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेको हार्डवेयर पुरानो भएकाले त्यसमा खराबी आएको हो ।

उनले नयाँ हवाई ट्राफिक नियन्त्रण प्रणाली निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लामो समयदेखि अमेरिकी संसद्सँग माग गर्दै आएको पनि बताए।

११ सेप्टेम्बर २००१ को आतंकवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा उडान सेवा रोकिएको यो दोस्रो घटना हो ।

यसअघि सन् २०२३ को जनवरीमा एफएएको मुख्य कम्प्युटर प्रणालीमा आएको गडबडीका कारण पनि अमेरिकाभरका उडानहरू प्रभावित भएका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
प्राविधिक समस्याका कारण अमेरिकाभरका सबै हवाई उडान ठप्प, दशौँ हजार यात्रु अलपत्र

प्राविधिक समस्याका कारण अमेरिकाभरका सबै हवाई उडान ठप्प, दशौँ हजार यात्रु अलपत्र

वासिङ्टन डिसी – संयुक्त राज्य अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीको दूरसञ्चार सेवामा अचानक गम्भीर प्राविधिक समस्या आएपछि अमेरिकाभरका सबै विमानस्थलबाट हुने उडानहरू पूर्ण रूपमा रोकिएका छन्। संघी...

#उडान #समस्या #हवाई
Compare →
Nagarik News
37m ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#उडान #अमेरिकी #हवाई
Compare →
Ekantipur
58m ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#उडान #अमेरिकी #हवाई
Compare →
Bizshala
1d ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

World News
Build #2612