एउटै प्राविधिक खराबी देशभरका एयर ट्राफिक कन्ट्रोल सेन्टरहरूमा फैलिएपछि अमेरिकाको समग्र हवाई उडान ठप्प बनेको छ। सञ्चार प्रणालीमा आएको गम्भीर गडबडीका कारण सङ्घीय उड्डयन प्रशासन (एफएए) ले यात्रु सुरक्षालाई मध्यनजर गर्दै देशभरका सबै उडानमा आकस्मिक रोक (ग्राउन्ड स्टप) लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रणालीमा देखिएको प्राविधिक अवरोधका कारण करिब ७ हजार उडानहरू ढिला भएका छन् भने कैयौँ उडान रद्द गर्नुपरेको छ। उडान ठप्प हुँदा न्युयोर्क, वासिङ्टन र क्यालिफोर्नियालगायत देशका विभिन्न प्रमुख सहरका विमानस्थलहरूमा हजारौँ यात्रुहरू अलपत्र परेको सीएनएनले जनाएको छ।
Read full story at source ( lokaantar.com )