Trending
Prev Story
Next Story

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

Nagarik News •
November 14, 2026 • 02:54 AM
8
8 reads 0 reactions

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकाको पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि स्थानीय समयअनुसार शुक्रबार बेलुका (नेपाली समयअनुसार शनिबार बिहान) देशभरका हवाई उडान अवरुद्ध भएका छन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो। यो घटनाले अमेरिकी हवाई सेवा अस्तव्यस्त बनाएको थियो।

अमेरिकी यातायात सचिव शन डफीले पुरानो प्रविधि र डेटाले भरिएका राउटरका कारण उडान सेवा प्रभावित भएको बताएका छन्। उनका अनुसार अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणाली ‘अविश्वसनीय रूपमा पुरानो’ छ र अझै पनि एनालग प्रविधिमा निर्भर छ।

उडान रोकिएपछि आयोजित पत्रकार सम्मेलनमा डफीले राउटरमा अत्यधिक डेटा जम्मा हुँदा प्रणालीमा समस्या देखिएको बताए। ‘हाम्रा राउटरहरू डेटाले भरिएका थिए। त्यसबाट तथ्यांकमा असंगति देखिन थालेपछि हामीले प्रणाली बन्द गर्‍यौँ,’ उनले भने।

उनले प्रणालीको पूर्ण स्तरोन्नतिका लागि संसद्सँग आपत्कालीन बजेट माग गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नयाँ हवाई ट्राफिक नियन्त्रण प्रणाली निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन संसद्लाई आग्रह गर्दै आएको उनले बताए।

एफएएका अनुसार क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा सञ्चारसम्बन्धी समस्या देखिएपछि देशभरका उडान रोकिएका थिए। अवरुद्ध सेवा स्थानीय समयअनुसार शुक्रबार राति ८:१५ बजेदेखि पुनः सञ्चालनमा आउन थालेका छन्।

यस घटनाका कारण करिब पाँच हजार उडान रद्द भएका थिए भने हजारौँ उडान ढिला भएका थिए। उडानसम्बन्धी तथ्यांक उपलब्ध गराउने संस्था सिरियमका अनुसार करिब १५ लाख यात्रु प्रभावित भएका थिए। हवाई ट्राफिक अवरुद्ध भएपछि आकाशमा रहेका विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको थियो।

गृह सुरक्षा सचिव मार्कवेन मुलिनले भने यो घटना साइबर आक्रमणका कारण भएको कुनै प्रमाण नरहेको बताएका छन्। उनका अनुसार दूरसञ्चार प्रणालीमा आएको अवरोधका कारण समस्या भएको हो। उनले यस घटनालाई माइक्रोसफ्ट सेवामा आएको अवरोधसँग पनि सम्बन्धित नरहेको बताए।

सन् २०२३ जनवरीमा एफएएको कम्प्युटर प्रणालीमा समस्या आएपछि अमेरिकामा राष्ट्रव्यापी रूपमा उडान रोकिएको थियो। त्यसअघि सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि सबै उडान रोकिएका थिए।

डफीले हवाई ट्राफिक नियन्त्रण प्रणाली पूर्ण रूपमा आधुनिक नबनाउँदासम्म यस्ता समस्या दोहोरिन सक्ने चेतावनी दिएका छन्। उनले प्रणाली सुधारका लागि आवश्यक बजेट उपलब्ध गराउन संसद्लाई पुनः आग्रह गरेका छन्। एजेन्सी

प्रकाशित: २८ कार्तिक २०८३ ०८:३९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
16h ago
अमेरिकामा हवाई उडानमा प्रतिबन्ध : के थियो कारण ?

अमेरिकामा हवाई उडानमा प्रतिबन्ध : के थियो कारण ?

वासिङ्टन डिसी । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशव्यापी रूपमा हवाई उडान रोकिएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार चार घण्टाभन्दा बढी समय...

#उडान #हवाई #अमेरिका
Compare →
Onlinekhabar
1d ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#उडान #अमेरिकी #हवाई
Compare →
Ekantipur
1d ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#उडान #अमेरिकी #अमेरिका
Compare →
Bizshala
18h ago
अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

काठमाण्डौ । हवाई यातायात नियन्त्रण केन्द्रहरूको सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाले शुक्रबार देशभरका विमानस्थलबाट उडान भर्न रोक लगायो। चार घण्टाभन्दा बढी समयपछि रोक हट्यो र सीमित उडान सुरु भए। तर हजारौँ उडान रद्द वा ढिला हुँदा नयाँ टिकट र वैकल्पिक उडान खोजिरहेका हजारौँ यात्रु विमानस्थलमै अड्किए।

#उडान #अमेरिका
Compare →
Arthasansar
1d ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#उडान #हवाई #अमेरिका
Compare →

Related Stories

World News
Build #2612