अमेरिका । एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि अमेरिकाभरका उडान रोकिएका छन् । सन् २००१ सेप्टेम्बर ११ (९/११) को आतंकवादी आक्रमणपछि अमेरिकी हवाई सेवामा पहिलोपटक यति व्यापक असर परेको अधिकारीहरूले बताएका छन् ।
अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) का पूर्वप्रमुख रोबर्ट एल. समवाल्टले सन् २००१ को आक्रमणपछि अमेरिकी उडानमा यति व्यापक अवरोध कहिल्यै नभएको बताएका छन् । सीबीएस न्युजसँग कुरा गर्दै उनले आधुनिक प्रविधिको युगमा पनि यस्तो समस्या आउनु आश्चर्यजनक भएको बताए ।
Read full story at source ( kendrabindu.com )