Trending
Prev Story
Next Story

विश्वभर माइक्रोसफ्टका सेवाहरू ठप्प, आउटलुक इमेल पनि प्रभावित

Onlinekhabar •
November 13, 2026 • 09:00 AM
1
1 reads 0 reactions

२७ कात्तिक, काठमाडौं । प्राविधिक समस्या सुरु भएको कैयौँ घण्टापछि पनि आउटलुक इमेल, टिम्स म्यासेजिङ एप र माइक्रोसफ्ट ३६५ का अन्य सेवाहरू ठप्प रहे। रोयटर्सका अनुसार, माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा सेवाहरू सुधार गर्न र यस समस्यालाई …

विश्वभर माइक्रोसफ्टका सेवाहरू ठप्प, आउटलुक इमेल पनि प्रभावित

२७ कात्तिक, काठमाडौं । प्राविधिक समस्या सुरु भएको कैयौँ घण्टापछि पनि आउटलुक इमेल, टिम्स म्यासेजिङ एप र माइक्रोसफ्ट ३६५ का अन्य सेवाहरू ठप्प रहे।

रोयटर्सका अनुसार, माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा सेवाहरू सुधार गर्न र यस समस्यालाई समाधान गर्न गरिएका परिवर्तनहरूले अपेक्षाअनुसार काम गरिरहेका छैनन् भनी बताएको छ।

कम्पनी समस्या समाधान गर्न अन्य विकल्पहरूको खोजी गरिरहेको छ। यसको उद्देश्य सकेसम्म धेरै प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्मसम्म पहुँच दिनु हो, ताकि प्रणालीमा आवश्यकताभन्दा बढी दबाब नपरोस्।

यसअघि कम्पनीले पुनः सुरु गरिएका सेवाहरूमा ट्राफिक बढ्दा तिनले फेरि काम गर्न बन्द गर्न सक्ने चेतावनी दिएको थियो । माइक्रोसफ्टका अनुसार, विश्वका धेरै क्षेत्रहरूमा यो समस्या देखिएको छ।

कम्पनीले पहिले एक्समा एक बयानमा भनेको थियो, ‘यस समस्याले कुनै पनि क्षेत्रका प्रयोगकर्ताहरूका लागि माइक्रोसफ्ट ३६५ सेवासँग कनेक्ट हुन समस्या पैदा गर्न सक्छ।’

कम्पनीले थप भनेको छ, ‘कैयौँ सर्भरहरू अचानक अफलाइन भएका छन्, जसले गर्दा बाँकी पूर्वाधारमा आवश्यकताभन्दा बढी दबाब परिरहेको छ। हामी तिनलाई सुरक्षित तरिकाले पुनः सुरु गर्न काम गरिरहेका छौँ।’

आउटेज भनिने यस प्राविधिक समस्याबाट संसारका धेरै देशहरू प्रभावित बनेका छन् ।

माइक्रोसफ्ट ३६५ एप्सका ४३ करोड ग्राहक

माइक्रोसफ्टका एक प्रवक्ताले रोयटर्सलाई बताएअनुसार यो समस्या मुख्यतया ‘एक्सचेन्ज अनलाइन’ मा छ। यो माइक्रोसफ्ट ३६५ को मेलबक्स व्यवस्थापन गर्ने सेवा हो।

माइक्रोसफ्ट ३६५ प्लेटफर्मले धेरै सेवाहरूलाई सपोर्ट गर्छ। यसमा आउटलुक, अफिस सुइट, कोपाइलट च्याटबट र टिम्स इन्स्ट्यान्ट म्यासेजिङ सेवा समावेश छन्। माइक्रोसफ्टको वेबसाइटअनुसार, ४३ करोडभन्दा बढी मानिसले माइक्रोसफ्ट ३६५ एप्स प्रयोग गर्छन्। फर्च्युन ५००  कम्पनीहरूमध्ये ९० प्रतिशतभन्दा बढीले कोपाइलटको प्रयोग गर्छन्।

आउटेजमाथि नजर राख्ने प्लेटफर्मका अनुसार, माइक्रोसफ्ट ३६५ प्रयोग गर्ने कम्पनीहरूको सङ्ख्या ३० लाखदेखि ४० लाखको बीचमा छ।

आउटेज ट्र्याक गर्ने वेबसाइट ‘डाउनडिटेक्टर’ ले माइक्रोसफ्टका सेवाहरूमा आएको यो अवरोधको असर करिब एक घण्टाभित्र ७४ देशहरूमा देखिएको बताएको छ। बिहीबार राति करिब पौने १२ बजे आउटलुकमा समस्या भएको गुनासो विश्वभर बढेर करिब १ लाख ४० हजारसम्म पुगेको थियो।

यो सामान्य स्तरभन्दा २,००० गुणाभन्दा पनि बढी थियो। डाउनडिटेक्टरका अनुसार, बिहीबार राति १० बजेको केही समयपछि पहिलो गुनासो दर्ता गरिएको थियो।

बीबीसीका अनुसार, अस्ट्रेलियाका गृहमन्त्री तथा साइबर सुरक्षा मन्त्री टोनी बर्कले आफ्नो देशमा माइक्रोसफ्टका प्रतिनिधिहरूसँग कुरा गरेको बताएका छन्। उनका अनुसार कम्पनीका प्रतिनिधिहरू यसलाई साइबर आक्रमणको घटना मान्दैनन्।

बर्कले बिहीबार पत्रकारहरूसँग भने, ‘उनीहरूको भनाइमा यो अवस्था केही हदसम्म त्यस्तै हो, जस्तो हामीले क्राउडस्ट्राइकको मामलामा देखेका थियौँ। अर्थात्, एउटा अपडेटमा गडबडी भयो।’ उनले यस समस्याको असर मुख्य रूपमा इमेल सिस्टममा परिरहेको बताए।

माइक्रोसफ्टले आफ्नो सेवाहरूमा आएको यस अवरोधको कारण विभिन्न क्षेत्रहरूमा आफ्नो पूर्वाधारमा परेको अत्यधिक दबाबलाई बताएको छ। यसको अर्थ यसका सर्भरहरू आफ्नो सामान्य क्षमताभन्दा बढी काम गरिरहेका छन्।

विन्डोज निर्माता कम्पनीले एक्समा बतायो कि यो समस्या ट्राफिक बढेको कारणले भएको होइन। यसको सट्टा धेरै सर्भरहरू अचानक अफलाइन भए, जसले गर्दा बाँकी पूर्वाधारमा आवश्यकताभन्दा बढी दबाब पर्‍यो।

यस आउटेजको असर ओपनएआई र एन्थ्रोपिकका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्मका सेवाहरूमा पनि परिरहेको छ।

न्युजिल्यान्डको कन्सल्टिङ फर्म गोरिल्ला टेक्नोलोजीका पउल स्पेनले यदि यो साइबर आक्रमण होइन भने, यो ‘अविश्वसनीय स्तरको लापरवाही’ को घटना भएको बताए। यसको आर्थिक असर लाखौँ डलरसम्म हुन सक्छ।

उनले इमेल र अन्य सेवाहरू उपलब्ध नहुँदा कम्पनीहरूको करिब एक दिनको कारोबार प्रभावित भएको बताए।

सेवाहरू सुचारु गर्न कम्पनीले के गरिरहेको छ ?

माइक्रोसफ्टले यसअघि सेवाहरू सुचारु गर्न वैकल्पिक तरिकामा काम गरिरहेको बताएको थियो।

कम्पनीले भनेको छ, ‘अब हामी यस परिवर्तनलाई ठूलो स्तरमा लागू गरिरहेका छौँ। यसका साथै हामी अटोमेटेड रिकभरी सिस्टम पनि तयार गरिरहेका छौँ। यी प्रणालीहरूले लगातार त्यस्ता सर्भरहरूको पहिचान गर्नेछन् जसले प्रतिक्रिया दिन बन्द गरिसकेका छन् र तिनलाई पुनः सुरु गर्नेछन्। यसले परिवर्तन लागू भइरहेको समयमा सेवाहरूलाई स्थिर राख्न मद्दत गर्नेछ।’

यद्यपि, केही मिनेटपछि कम्पनीले जानकारी दियो, ‘अहिलेसम्म चालिएका कदमहरूबाट हामीलाई अपेक्षाअनुसारको राहत मिलेको छैन।’

कम्पनीले दिनको सुरुवातमा उत्तर अमेरिकाका प्रयोगकर्ताहरूलाई प्रभावित गर्नेगरी टिम्समा आएको प्राविधिक समस्या समाधान गरिसकेको घोषणा गरेको थियो।

कम्पनीका अनुसार, यो समस्या पूर्ण रूपमा ठीक भइसकेको थियो। पछि कम्पनीले यस समस्याको असर अन्य क्षेत्रका प्रयोगकर्ताहरूका लागि पनि माइक्रोसफ्ट ३६५ सेवासँग कनेक्ट हुँदा पर्न सक्ने बताएको थियो।

च्याटजीपीटी सञ्चालन गर्ने कम्पनी ओपनएआईले माइक्रोसफ्ट कनेक्टर्ससँग जोडिएको एउटा समस्याको अनुसन्धान गरिरहेको जनाएको छ। यसका कारण नयाँ कनेक्सनहरू प्रभावित हुन सक्छन् र टुलहरूले अपेक्षाअनुसार काम नगर्न सक्छन्।

उता, एन्थ्रोपिकले पनि एउटा ठूलो सर्भिस प्रोभाइडर (सेवा प्रदायक) सँग जोडिएको समस्याको पहिचान गरेको बताएको छ, जसको असर उसको माइक्रोसफ्ट ३६५ कनेक्टरमा परिरहेको छ। (बीबीसीको सहयोगमा)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
माइक्रोसफ्टको सेवामा विश्वव्यापी अवरोधः आउटलुक, टिम्स र कोपाइलट प्रभावित, पूर्ण सुधार अनिश्चित

माइक्रोसफ्टको सेवामा विश्वव्यापी अवरोधः आउटलुक, टिम्स र कोपाइलट प्रभावित, पूर्ण सुधार अनिश्चित

एजेन्सी । प्रविधि कम्पनी माइक्रोसफ्टले ठूलो विश्वव्यापी प्राविधिक अवरोधको सामना गरिरहेको छ । यसकारण दशौं हजार प्रयोगकर्ता प्रभावित भएको बताइएको छ । यस अवरोधले माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक, टि...

#माइक्रोसफ्ट #आउटलुक #प्रभावित
Compare →
Bizshala
14h ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#माइक्रोसफ्ट #समस्या #विश्वभर
Compare →
Nagarik News
1w ago
मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ।

#ठप्प
Compare →

Related Stories

Technology
Build #2611