Trending
Prev Story
Next Story

कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

Onlinekhabar •
November 13, 2026 • 09:00 AM
1
1 reads 0 reactions

२७ कात्तिक, काठमाडौं । नेपालले कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान गरेको छ । नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्ने …

कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

२७ कात्तिक, काठमाडौं । नेपालले कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान गरेको छ ।

नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्ने महत्वाकांक्षी योजना अघि सार्दै लगानी आह्वान गरेको हो ।

आगामी पाँच वर्षभित्र स्वदेशमै ग्रीन मल उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने लक्ष्यसहित सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरिएको भ्रमणमा सहभागी डा। राम लामाले जानकारी दिए । डा। लामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हुन् ।

उनका अनुसार कोप–३१ मा नेपालको तर्फबाट कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रीन हाइड्रोजनमा आधारित मल उद्योग स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

उद्योग स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने, उद्योगलाई प्रतिस्पर्धी बनाउन सहुलियत दरमा विद्युत् उपलब्ध गराउने, उपकरण तथा मेसिनरी आयातमा कर छुटलगायतका सहुलियत प्रदान गर्ने र आवश्यकताअनुसार नीतिगत संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

साथै, स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रविधि प्रदायकलाई ठोस प्रस्तावसहित परियोजनामा सहभागी हुन आग्रह गरेकी हुन् ।

यसबारे छलफल भएको सत्रका अध्यक्षता सांसद् डा। राम लामाले गरेका थिए । त्यसक्रममा उनले नेपाल सरकारले अघि सारेको ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उत्पादन प्लान्टको विकासको अवधारणा, विवरण र मोडालिटीहरूबारे व्याखया गरेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताबाट प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइने जानकारी गराए ।

परियोजनालाई व्यावसायिक रूपमा लगानीयोग्य बनाउन सस्तो र भरपर्दो विद्युत् आपूर्ति, उत्पादित मलको बजार तथा मूल्य सुनिश्चितता महत्वपूर्ण हुने भन्दै उनले लगानीकर्तालाई बजार र मूल्यको सुनिश्चितता प्रदान गर्न ‘फर्टिलाइजर पर्चेज एग्रिमेन्ट’को व्यवस्था आवश्यक रहेको र यसनिम्ति नेपाल तयार रहेको बताए ।

साथै, प्रारम्भिक लगानीको जोखिम न्यूनीकरण र परियोजनाको वित्तीय सम्भाव्यता सुनिश्चित गर्न सरकारले ‘भायबिलिटी ग्याप फन्ड’ मार्फत आवश्यक सहयोग उपलब्ध गराउने जानकारी गराए ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ९कोप३१० अन्तर्गत नेपाल पेभिलियनमा बिहीबार आयोजित कार्यक्रममा ग्रीन हाइड्रोजन र ग्रीन अमोनियाको उत्पादन तथा तिनको प्रयोगबाट वार्षिक करिब पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन क्षमताको उद्योग स्थापना गर्ने योजनाबारे विस्तृत छलफल भएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
कोप–३१ : ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि नेपालको लगानी आह्वान

कोप–३१ : ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि नेपालको लगानी आह्वान

काठमाडौँ । नेपालले आफ्नै जलविद्युत् तथा स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आह्वान गरेको छ । आगामी पाँच वर्षभित्र वार...

#जलविद्युत् #ग्रीन #हाइड्रोजन
Compare →
Ekantipur
9h ago
कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

पाँच वर्षभित्र स्वदेशमै ग्रिन मल उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने लक्ष्यसहित नेपालले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरेको छ ।

#कोप #हाइड्रोजन #आधारित
Compare →
Nagarik News
1d ago
हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह

हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह

जलवायु परिवर्तनको बढ्दो प्रभावबाट हिमाली क्षेत्र र त्यहाँका समुदायलाई जोगाउन नेपालले अन्तर्राष्ट्रिय समुदायसँग पर्याप्त, अनुमानयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन आग्रह गरेको छ।

#आधारित
Compare →

Related Stories

Business & Economy
Build #2611