Trending
Prev Story
Next Story

माइक्रोसफ्टका सेवामा विश्वव्यापी समस्या, लाखौँ प्रयोगकर्ताले गरे गुनासो

Onlinekhabar •
November 13, 2026 • 02:31 AM
1
1 reads 0 reactions

२७ कात्तिक काठमाडौं । माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार विश्वव्यापी रूपमा कनेक्टिभिटी समस्या देखिएको छ । कम्पनीका टिम्स, आउटलुक र एआई सफ्टवेयर कोपाइलट प्रयोगकर्ताहरूले सेवा सञ्चालनमा समस्या आएको भन्दै गुनासो गरेका छन् । समस्या देखिएपछि माइक्रोसफ्टले सेवा …

माइक्रोसफ्टका सेवामा विश्वव्यापी समस्या, लाखौँ प्रयोगकर्ताले गरे गुनासो

२७ कात्तिक काठमाडौं । माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार विश्वव्यापी रूपमा कनेक्टिभिटी समस्या देखिएको छ । कम्पनीका टिम्स, आउटलुक र एआई सफ्टवेयर कोपाइलट प्रयोगकर्ताहरूले सेवा सञ्चालनमा समस्या आएको भन्दै गुनासो गरेका छन् ।

समस्या देखिएपछि माइक्रोसफ्टले सेवा सामान्य अवस्थामा फर्काउन प्राविधिक टोली सक्रिय रहेको जनाएको छ । कम्पनीका अनुसार आफ्नो पूर्वाधारको एक भागमा अत्यधिक भार परेका कारण कनेक्टिभिटी समस्या उत्पन्न भएको हो ।

माइक्रोसफ्टले यो समस्या पहिलो पटक अमेरिकामा रिपोर्ट भएको बताए पनि यसले विश्वका जुनसुकै क्षेत्रका प्रयोगकर्तालाई असर गर्न सक्ने जनाएको छ ।

आउटेज निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार भारतीय समयअनुसार बिहीबार राति करिब १२ बजे बेलायतमा माइक्रोसफ्टका सेवासम्बन्धी गुनासोमा अचानक वृद्धि भएको थियो ।

त्यस्तै, अमेरिकामा बिहीबार राति ११:४५ बजेसम्म माइक्रोसफ्ट आउटलुकमा समस्या आएको भन्दै १ लाख ३१ हजारभन्दा बढी गुनासो दर्ता भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
14h ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

विश्वभरका प्रयोगकर्ताले माइक्रोसफ्ट टिम्स, आउटलुक र कम्पनीको एआई सफ्टवेयर कोपाइलटले काम नगरेको भन्दै गुनासो गरेका छन्।

#समस्या #माइक्रोसफ्ट #गुनासो
Compare →
Hamro Patro News
10h ago
माइक्रोसफ्टको सेवामा विश्वव्यापी अवरोधः आउटलुक, टिम्स र कोपाइलट प्रभावित, पूर्ण सुधार अनिश्चित

माइक्रोसफ्टको सेवामा विश्वव्यापी अवरोधः आउटलुक, टिम्स र कोपाइलट प्रभावित, पूर्ण सुधार अनिश्चित

एजेन्सी । प्रविधि कम्पनी माइक्रोसफ्टले ठूलो विश्वव्यापी प्राविधिक अवरोधको सामना गरिरहेको छ । यसकारण दशौं हजार प्रयोगकर्ता प्रभावित भएको बताइएको छ । यस अवरोधले माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक, टि...

#माइक्रोसफ्ट #विश्वव्यापी #सेवामा
Compare →
Ekantipur
1w ago
ओमोडा एन्ड जेइकोको विश्वव्यापी बिक्री १४ लाख युनिट नाघ्यो

ओमोडा एन्ड जेइकोको विश्वव्यापी बिक्री १४ लाख युनिट नाघ्यो

चेरी ग्रुपअन्तर्गतको ओमोडा एन्ड जेइकोले चीनको वुहुमा आयोजना गरेको सन् २०२६ को अन्तर्राष्ट्रिय युजर समिटमा आफ्नो विश्वव्यापी विस्तार र नयाँ प्रविधिबारे जानकारी दिएको हो । अ

#विश्वव्यापी
Compare →

Related Stories

World News
Build #2611