चेरी ग्रुपअन्तर्गतको ओमोडा एन्ड जेइकोले चीनको वुहुमा आयोजना गरेको सन् २०२६ को अन्तर्राष्ट्रिय युजर समिटमा आफ्नो विश्वव्यापी विस्तार र नयाँ प्रविधिबारे जानकारी दिएको हो । अ
काठमाडौँ — चिनियाँ अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकोको विश्वव्यापी बिक्री १४ लाख युनिट नाघेको छ। स्थापना भएको तीन वर्षमै विश्वका ७९ बजारमा विस्तार भएको कम्पनीले जनाएको छ। तीमध्ये युरोपका २३ देश छन्।
चेरी ग्रुपअन्तर्गतको ओमोडा एन्ड जेइकोले चीनको वुहुमा आयोजना गरेको सन् २०२६ को अन्तर्राष्ट्रिय युजर समिटमा आफ्नो विश्वव्यापी विस्तार र नयाँ प्रविधिबारे जानकारी दिएको हो । अक्टोबर १८ देखि २४ सम्म चलेको समिटमा विभिन्न देशका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदार सहभागी थिए।
‘ड्राइभ टु द नेक्स्ट भाइब’ नारासहित आयोजित समिटमा कम्पनीले नयाँ सवारी साधन, हाइब्रिड प्रविधि र स्मार्ट मोबिलिटीसम्बन्धी विकास सार्वजनिक गरेको थियो ।
समिटको मुख्य आकर्षणका रूपमा अक्टोबर २० मा ओमोडा एक्सको विश्वव्यापी सार्वजनिक अनावरण गरिएको थियो। कम्पनीले यसलाई विश्वकै पहिलो ‘क्रस अफ-रोड भेहिकल’ का रूपमा प्रस्तुत गरेको छ । एसयूभीको व्यावहारिकता, अफ-रोड क्षमतासहित स्पोर्ट्स कारको गतिशील डिजाइन समेटिएको यो मोडलले सहरी जीवनशैली र साहसिक यात्रालाई एउटै सवारी साधनमा जोड्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।
त्यसैगरी, कम्पनीले आफ्नो सुपर हाइब्रिड सिस्टम (एसएचएस) प्रविधिका नयाँ विकास पनि प्रदर्शन गरेको थियो। यसअन्तर्गत पाँच किलोवाट आवर क्षमताको नयाँ हाइब्रिड इलेक्ट्रिक भेहिकल (एचईभी) प्रविधि सार्वजनिक गरिएको थियो ।
‘ओमोडा सुपर हाइब्रिड म्याराथन’मार्फत हाइब्रिड प्रविधिको कार्यक्षमता र इन्धन दक्षता पनि प्रदर्शन गरिएको थियो । उक्त परीक्षणमा ओमोडा ५ नेक्स्ट एसएचएस–एचले प्रतिएक सय किलोमिटरमा ४.५ लिटर इन्धन खपत गर्दै एकै ट्यांकीमा एक हजार १५ किलोमिटर यात्रा गरेको कम्पनीले जनाएको छ ।
समिटमा ‘सुपर इन्टेलिजेन्ट एक्सपिरियन्स ल्याब’मार्फत सुपर इन्टेलिजेन्ट भ्यालेट पार्किङ (एसआईभीपी) र सुपर इन्टेलिजेन्ट एआई स्पेस (एसआईएएस) प्रविधिसमेत प्रदर्शन गरिएको थियो । यी प्रविधिले सवारी साधनलाई प्रयोगकर्ताको आवश्यकता बुझेर सोहीअनुसार प्रतिक्रिया दिन सक्ने स्मार्ट सहयात्रीका रूपमा विकास गर्ने कम्पनीको अवधारणालाई प्रस्तुत गरेका थिए ।
उत्पादन तथा प्रविधि प्रदर्शनसँगै समिटमा विभिन्न देशका ग्राहकबीच अन्तरक्रिया र सहकार्यका कार्यक्रमसमेत आयोजना गरिएको थियो । ग्राहकका रुचि, आवश्यकता र प्रतिक्रियालाई उत्पादन तथा प्रविधि विकासमा समेट्ने उद्देश्यले समिट आयोजना गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा एसपीजी अटोमोबाइल्स प्रालि ओमोडा एन्ड जेइकोको एकमात्र आधिकारिक वितरक हो । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विकास भएका नयाँ प्रविधि तथा मोबिलिटी समाधान नेपाली ग्राहकसम्म पुर्याउँदै आएको जनाएको छ। अन्तर्राष्ट्रियस्तरको डिजाइन, कार्यक्षमता, सुरक्षा र ग्राहक सेवामा जोड दिँदै देशभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने लक्ष्य कम्पनीको छ ।
विश्वका विभिन्न बजारमा उपस्थिति विस्तार गरिरहेको ओमोडा एन्ड जेइकोले नयाँ ऊर्जा प्रविधि, स्मार्ट सुविधा र ग्राहककेन्द्रित नवप्रवर्तनलाई आफ्नो आगामी व्यावसायिक रणनीतिको मुख्य आधार बनाएको छ ।