Trending
Prev Story
Next Story

पोखराले टस जितेर फिल्डिङ रोज्यो

Ekantipur •
November 06, 2026 • 11:25 AM
1
1 reads 0 reactions

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । तीन खेलमा जितविहीन हुँदै अंक तालिकाको पुछारमा रहेको पोखरा र तीन खेलबाटै तीन अंकसहित तालिकाको सातौं स्थानमा रहेको चितवन राइनोज दुवैका लागि आज जित्नै पर्ने दबाब छ ।

पोखराले टस जितेर फिल्डिङ रोज्यो

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । तीन खेलमा जितविहीन हुँदै अंक तालिकाको पुछारमा रहेको पोखरा र तीन खेलबाटै तीन अंकसहित तालिकाको सातौं स्थानमा रहेको चितवन राइनोज दुवैका लागि आज जित्नै पर्ने दबाब छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा अहिले दोस्रो खेल भइरहेको छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच रोचक प्रतिस्पर्धा भयो । जारी दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धामा छन् । छिनछिनको अपडेटका लागि कीर्तिपुरस्थित क्रिकेट रंगशालको मिडिया सेन्टरमा कान्तिपुर खेल ब्युरोका हिमेश बज्राचार्य, ध्रुव तुलाधर र फोटो पत्रकार हेमन्त श्रेष्ठ छन् भने इकान्तिपुरको डेस्कमा शुसिल पौडेल छन् ।

एनपीएलको तेस्रो सिजन अन्तर्गत शुक्रबारको खेलमा टस हारेर पोखरा एभेन्जर्सविरुद्ध ब्याटिंगमा उत्रेको चितवन राइनोजले पहिलो ओभरमा विना विकेट क्षति २ रन मात्र जोडेको छ । चमिका करुणारत्नेले पहिलो ओभरको बलिङ गरेका हुन् ।

नेपाल प्रिमियर लिगको तेस्रो सिजन शुक्रबारको दोस्रो खेलमा पोखरा एजेन्जर्सले चितवन राइनोजको सामना गर्दैछ । पोखराले आफ्ना नियमित कप्तान कुशल भुर्तेलको स्थानमा नेतृत्व चामिका करुनारत्नेलाई दिएको छ । टिमका अन्य खेलमा विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, अर्जुन कुमाल, अर्जुन घर्तिमगर, सुदीप अर्याल, मेहदी हसन, युवराज सम्रा र सदिरा समराविक्रममा रहेका छन् । चितवन सिकन्दर राजाको नेतृत्वमा ओर्लिदैछ र टिममा अन्य खेलाडीमा कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, विवेक यादव, रंजित कुमार, मौसम ढकाल, रवि वोपारा, डाविड मलान र डान मोस्ली छन् ।

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि डेभिड मिलरले सर्वाधिक ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउने क्रममा कर्णालीले सुरुमै विकेट गुमाएको थियो । लगातार विकेट गुमाएपछि दबाबमा परेको कर्णालीले अन्तिम पाँच ओभरमा ६३ रन जोडे पनि लक्ष्य भेट्न सकेन ।

कर्णाली याक्सले १९ ओभरको समाप्तिमा ७ विकेट गुमाएर ११२ रन बनाएको छ । उन्नाइसौं ओभरमा ६ रन जोड्दा एक विकेट गुमाएको कर्णालीका लागि डेभिड मिलरले एक छेउबाट संघर्ष जारी राखेका छन् । उनी ४९ बलमा ५ चौका र ३ छक्कासहित ६८ रनमा खेलिरहेका छन् । नन्दन यादवले ३ बलमा १ चौकासहित ५ रन बनाएका छन् । अन्तिम ओभरमा कर्णालीलाई जितका लागि ६५ रन चाहिन्छ ।

कर्णाली याक्सले १५.४ ओभरमा छैटौं विकेट गुमाएको छ । अविनाश बोहराको बलमा सोमपाल कामी ब्रान्डन म्याकमलनबाट क्याच भए । उनले १७ बलमा ८ रन मात्रै बनाउन सके । एक छेउबाट डेभिड मिलरले संघर्ष गरिरहेका छन् । कर्णालीलाई अब बाँकी २६ बलमा ९२ रन चाहिन्छ ।

कर्णाली याक्सले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ७४ रन बनाएको छ । डेभिड मिलरले एक छेउ सम्हाल्दै ३४ बलमा ४ चौकासहित ३८ रन बनाएका छन् । उनलाई साथ दिइरहेका सोमपाल कामीले १६ बलमा ८ रन मात्रै जोड्न सकेका छन् । आवश्यक रनरेट २०.६ पुगेको छ । अन्तिम पाँच ओभरमा कर्णालीलाई जितका लागि १०३ रन चाहिन्छ, जुन निकै कठिन देखिन्छ ।

१७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले १३ ओभरमा ५ विकेट गुमाएर ६४ रन बनाएको छ । तेह्रौं ओभरमा पनि कर्णालीले ४ रन मात्रै जोड्न सक्यो । डेभिड मिलर २७ बलमा ३ चौकासहित ३० रन बनाएर एक्लै संघर्ष गरिरहेका छन् । सोमपाल कामीले ११ बलमा ६ रन बनाएका छन् । आवश्यक रनरेट १६.१४ पुगेपछि कर्णालीका लागि बाँकी सात ओभरमा ११३ रन जोड्नुपर्ने चुनौती छ ।

सुदूरपश्चिमविरुद्धको लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले ९.५ ओभरमा पाँचौं विकेट गुमाएको छ । कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा हुसेन तलत एलबीडब्लू भए । उनले ४ बलमा १ रन मात्रै बनाउन सके । यसअघिको ओभरमा थरिन्दु रथ्ननायकेलाई पवन सर्राफले आउट गरेका थिए । लगातार विकेट गुमाइरहेको कर्णालीमाथि अब रनगति बढाउने दबाब पनि थपिएको छ ।

कर्णाली याक्सले ८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४४ रन बनाएको छ । आठौं ओभरमा ४ रन मात्रै जोडेको कर्णालीलाई लक्ष्य पछ्याउन आवश्यक रनरेट ११ भन्दा माथि पुगेको छ । डेभिड मिलर १५ बलमा ३ चौकासहित १८ र पवन सर्राफ १० बलमा ४ रन बनाएर खेलिरहेका छन् । कर्णालीलाई अब खेलमा फर्कन रनगति बढाउनुका साथै विकेट पनि जोगाउनुपर्ने चुनौती छ ।

कर्णाली याक्सले पावरप्लेको ६ ओभरमा ३ विकेट गुमाएर ३५ रन बनाएको छ । छैटौं ओभरमा ९ रन जोडेको कर्णालीलाई लक्ष्य पछ्याउन अझै लामो यात्रा तय गर्नुपर्नेछ । डेभिड मिलरले ८ बलमा ३ चौकासहित १३ रन बनाएर केही गति दिने प्रयास गरिरहेका छन् । पवन सर्राफले भने ५ बल खेले पनि खाता खोल्न सकेका छैनन् । कर्णालीलाई जितका लागि ८४ बलमा १४२ रन आवश्यक छ ।

सुदूरपश्चिमविरुद्ध १७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले ४.३ ओभरमा तेस्रो विकेट गुमाएको छ । अनिल खरेलको बलमा दीपक डुम्रे ब्रान्डन म्याकमलनबाट क्याच भए । उनले १२ बलमा ३ चौका र १ छक्कासहित १८ रन बनाए । सुरुवातमा केही आक्रामक देखिएका दमरेको विकेटसँगै कर्णाली थप दबाबमा परेको छ ।

सुदूरपश्चिमविरुद्ध १७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले ३.२ ओभरमा दोस्रो विकेट गुमाएको छ । हेमन्त धामीको बलमा मार्क वाट थारिन्दु रथ्नायकेको हातबाट क्याच भए । वाटले ९ बलमा ४ रन मात्र बनाउन सके । कर्णालीमाथि सुरुवातमै दबाब बढेको छ ।

सुदूरपश्चिमविरुद्ध १७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले ३.२ ओभरमा दोस्रो विकेट गुमाएको छ । हेमन्त धामीको बलमा मार्क वाट थारिन्दु रथ्नायकेको हातबाट क्याच भए । वाटले ९ बलमा ४ रन मात्र बनाउन सके । कर्णालीमाथि सुरुवातमै दबाब बढेको छ ।

सुदूरपश्चिमविरुद्ध १७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले ३.२ ओभरमा दोस्रो विकेट गुमाएको छ । हेमन्त धामीको बलमा मार्क वाट थारिन्दु रथ्नायकेको हातबाट क्याच भए । वाटले ९ बलमा ४ रन मात्र बनाउन सके । कर्णालीमाथि सुरुवातमै दबाब बढेको छ ।

१७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले दुई ओभरमा १ विकेट गुमाएर ५ रन बनाएको छ । दोस्रो ओभरमा कर्णालीले १ रन मात्र जोड्न सक्यो । पहिलो ओभरमै विकेट गुमाएको कर्णालीले सुरुवातदेखि नै दबाब महसुस गरिरहेको छ । दीपक ड्रम्रे ६ बलमा ४ र मार्क वाट ४ बलमा १ रन बनाएर खेलिरहेका छन् । जितका लागि कर्णालीलाई अझै १७२ रन चाहिन्छ ।

१७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले दोस्रो बलमै पहिलो विकेट गुमाएको छ । स्कट कुग्लेनले अरिफुल इस्लामलाई शून्य रनमा आउट गराए । उनी दुई बल खेलेर अनिल खरेलको हातबाट क्याच भए । सुदूरपश्चिमले सुरुमै दबाब बनाएको छ ।

इनिङ्स ब्रेक ! अबको केहीबेरमा दोस्रो इनिङ्सको खेल हुनेछ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य लिएर कर्णाली याक्स ब्याटिङमा आउनेछ ।

सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर बलिङ रोजेको कर्णालीविरुद्ध सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो । अन्तिम पाँच ओभरमा ५७ रन जोड्दै सुदूरपश्चिमले स्कोरमा राम्रो वृद्धि गरेको छ । अन्तिम ओभरतिर थारिन्दु रथ्नायकेको आक्रामक ब्याटिङले सुदूरपश्चिमलाई बलियो योगफलसम्म पुर्‍याउन मद्दत गर्‍यो । अब कर्णालीलाई जितका लागि १७७ रन आवश्यक छ ।

सुदूरपश्चिम रोयल्सले १८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १६१ रन बनाएको छ । अघिल्ला ओभरमा केही सुस्ताएको सुदूरपश्चिमले १८औं ओभरमा १९ रन जोड्दै इनिङ्समा फेरि गति दिएको छ । थरिन्दु रथ्नायकेले ८ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका छन् । आरिफ शेख १२ बलमा १ चौकासहित ११ रनमा खेलिरहेका छन् । अब अन्तिम दुई ओभरमा सुदूरपश्चिमले स्कोर अझै उकास्ने अवसर छ ।

सुदूरपश्चिम रोयल्सले १७ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १४२ रन बनाएको छ । सत्रौं ओभरमा १२ रन जोड्दा एक विकेट गुमाएको छ । आरिफ शेख १० बलमा १ चौकासहित ९ र थरिन्दु रथ्नायके ३ बलमा १ चौकासहित ५ रन बनाएर खेलिरहेका छन् ।

सुदूरपश्चिम रोयल्सले १४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १०७ रन बनाएको छ । चौधौं ओभरमा ३ रन जोड्दा एक विकेट गुमाएको छ । क्रिजमा आरिफ शेख ३ बलमा १ र इशान पाण्डे ५ बलमा ३ रन बनाएर खेलिरहेका छन् ।

सुदूरपश्चिम रोयल्सले १२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९५ रन बनाएको छ । मार्क वाटले १२औं ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई स्टम्पिङ गराए । ऐरी १४ बलमा १० रन बनाएर आउट भए । ब्रान्डन म्याकमलन १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा खेलिरहेका छन् । इशान पाण्डे खाता खोल्न बाँकी छ ।

१० ओभर सकिएसँगै ड्रिङ्स ब्रक भएको छ । सुदूरपश्चिम रोयल्सले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर ८८ रन बनाएको छ । कप्तान दीपेन्द्रसिंह ऐरी ७ बलमा ६ र ब्रान्डन म्याकमलन ७ बलमा १ चौका र १ छक्कासहित १४ रनमा खेलिरहेका छन् ।

सुदूरपश्चिम रोयल्सले ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८१ रन बनाएको छ । नवौं ओभरमा सूर्य तामाङले ७ रन खर्चेर सैफ जैबको विकेट लिए । जैब २४ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाएर आउट भए । क्रिजमा कप्तान दीपेन्द्रसिंह ऐरी २ र ब्रान्डन म्याकमलन ११ रनमा छन् ।

सुदूरपश्चिम रोयल्सले ७.२ ओभरमा पहिलो विकेट गुमाएको छ । पवन सर्राफको बलमा २ रन लिने क्रममा विनोद भण्डारी रनआउट भए । उनले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए ।

सुदूरपश्चिम रोयल्सले पावरप्लेको ६ ओभरमा बिना विकेटको क्षति ६३ रन बनाएको छ । छैटौं ओभरमा सोमपाल कामीले १२ रन खर्चिए । सैफ जैब १८ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा खेलिरहेका छन् । विनोद भण्डारीले १८ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले चार ओभरको समाप्तिमा बिना विकेटको क्षति ४५ रन बनाएको छ । चौथो ओभरमा १२ रन जोडिएको हो । विनोद भण्डारी १४ बलमा २ चौका र २ छक्कासहित २४ रनमा खेलिरहेका छन् । सैफ जैबले १० बलमा २ चौकासहित १६ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमा ७ रन जोडेको छ । मार्क वाटको ओभरमा विनोद भण्डारीले एक चौकासहित ६ रन बनाए । उनी ५ बलमा ६ रन बनाएर खेलिरहेका छन् । सैफ जैबले १ रन जोडेका छन् ।

सुदूरपश्चिम रोयल्सले ब्याटिङ सुरु गरेको छ । क्रिजमा विनोद भण्डारी र सैफ जैब छन् । कर्णालीका लागि मार्क वाटले बलिङ सुरु गरेका छन् ।

कर्णाली याक्समा सोमपाल कामी (कप्तान), गुलशन झा, नन्दन यादव, दीपक डुम्रे, युनिश सिंह ठकुरी, पवन सर्राफ, सूर्य तामाङ, अरिफुल इस्लाम, मार्क वाट, मोहम्मद हुसेन तलात र डेभिड मिलर खेल्दैछन् ।

सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहरा, अनिल खरेल, सैफ जैब, ब्रान्डन म्याकमलन, थरिन्दु रथ्नायेके र स्कट कुग्लेन खेल्दैछन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा अहिले दोस्रो खेल भइरहेको छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच रोचक प्रतिस्पर्धा भयो । जारी दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धामा छन् । छिनछिनको अपडेटका लागि कीर्तिपुरस्थित क्रिकेट रंगशालको मिडिया सेन्टरमा कान्तिपुर खेल ब्युरोका हिमेश बज्राचार्य, ध्रुव तुलाधर र फोटो पत्रकार हेमन्त श्रेष्ठ छन् भने इकान्तिपुरको डेस्कमा शुसिल पौडेल छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कर्णाली आज सुदूरपश्चिमलाई हराउँदै प्रतियोगितामा तेस्रो जित निकाल्ने योजनामा छ । उसले तीन खेल खेल्दा दुईमा जित र एकमा हार बेहोरेको छ । लगातार दुई जित निकालेको कर्णाली पछिल्लो खेलमा काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो ।

सुदूरपश्चिम भने लगातार दोस्रो जितको खोजीमा छ । उसले चार खेल खेल्दा दुईमा जित र दुईमा हार बेहोरेको छ । सुदूरपश्चिम आज कर्णालीलाई हराएर अंक तालिकामा आफ्नो स्थिति सुधार्न चाहन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
चितवनलाई हराउनैपर्ने दबाबमा जनकपुर, टस जितेर ब्याटिङ रोज्यो

चितवनलाई हराउनैपर्ने दबाबमा जनकपुर, टस जितेर ब्याटिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा जनकपुरका कप्तान हरमित सि...

#जितेर #रोज्यो
Compare →
Onlinekhabar
9h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#पोखरा
Compare →
Arthasansar
15h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट #जितेर
Compare →
Nagarik News
1d ago
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

#पोखरा
Compare →

Related Stories

Sports
Build #2611