Trending
Prev Story
Next Story

सरकारका निर्णयमा पार्टीले ‘हो मा हो’ मिलाउँदैन, चेक एन्ड ब्यालेन्स गर्छ: लामिछाने

Nagarik News •
November 05, 2026 • 12:19 PM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका सबै निर्णयमा पार्टीले अन्धसमर्थन नगर्ने बताएका छन्। सरकारका कामकारबाहीमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको उनको भनाइ छ।

सरकारका निर्णयमा पार्टीले ‘हो मा हो’ मिलाउँदैन, चेक एन्ड ब्यालेन्स गर्छ: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका सबै निर्णयमा पार्टीले अन्धसमर्थन नगर्ने बताएका छन्। सरकारका कामकारबाहीमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको उनको भनाइ छ।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले सरकारका काममा थप स्पष्टता खोज्ने, प्रश्न गर्ने र चेक एन्ड ब्यालेन्स कायम राख्ने भूमिका पार्टीको भएको बताए। आवश्यकता पर्दा पार्टीले सरकारलाई फरक धारणा राख्ने तथा निर्देशन दिनेसमेत उनले बताए।

‘सरकारले गरेका सबै चिजमा पार्टीले हो मा हो मिलाउँदैन, न त पार्टीले गरेका हरेक चिजमा सरकारले नै हो मा हो मिलाउँछ,’ लामिछानेले भने, ‘त्यसैले सरकारका निर्णयहरूमा पार्टीले कहिलेकाहीँ फरक धारणा राख्ने वा स्पष्टता खोज्ने गर्छ।’

आइजिपी प्रकरणलाई जोडेर आएका प्रश्नमा लामिछानेले पार्टी कुनै पनि सुरक्षा अधिकारीको सरुवा-बढुवाको खेलमा नलाग्ने दाबी गरे।

पार्टीले आइजिपी, डिआइजी, इन्स्पेक्टर वा सिडिओ फेर्न दबाब नदिने बताउँदै उनले सरकारले चालेका हरेक कदमको औचित्य पुष्टि गर्ने दायित्व सरकारकै हुने उल्लेख गरे।

पत्रकार पक्राउलाई लिएर सञ्चारकर्मीले ‘टु मच भएन र ?’ भन्ने प्रश्न सोधेपछि उनले ‘हाउ मच इज टु मच ?’ भन्दै प्रतिवाद गरे। अनुसन्धानका क्रममा सरकारले आफ्ना कामहरू गरिरहेको र यसबारे सरकारका प्रवक्ता तथा मन्त्रीहरूले समय आएपछि स्पष्ट पार्ने उनको भनाइ थियो।

प्रकाशित: १९ कार्तिक २०८३ १८:०४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ?

देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ?

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहसँग डराउने बताएका छन् । बालेन नेतृत्वको सरकारलाई पाँच वर्ष टिकाउँने रविको आश्वासनप्रति...

#रवि-लामिछाने #बताए
Compare →

Related Stories

Politics & Governance
Build #2611