Trending
Prev Story
Next Story

‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार

Ekantipur •
November 06, 2026 • 11:31 AM
1
1 reads 0 reactions

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले भूपिन खड्काको ‘मध्यको उज्यालो’ र जुनू रानाको ‘लाहुरेनी सौन्दर्य’ निबन्धसंग्रका लागि जनही एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरेको हो ।

‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले भूपिन खड्काको ‘मध्यको उज्यालो’ र जुनू रानाको ‘लाहुरेनी सौन्दर्य’ निबन्धसंग्रका लागि जनही एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरेको हो ।

धरान — कवि विमल गुरुङको स्मृतिमा स्थापित ‘विमल गुरुङ कृति पुरस्कार’ यस वर्ष दुई निबन्धसङ्ग्रहलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

भूपिन खड्काको ‘मध्यको उज्यालो’ र जुनू रानाको ‘लाहुरेनी सौन्दर्य’ लाई बिहीबार धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले कवि गुरुङको ५५ औँ जन्मजयन्ती तथा ३५ औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारस्वरूप दुवैलाई जनही एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरिएको थियो। धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले उनीहरूलाई ताम्रपत्र प्रदान गरे।

महोत्सवका अवसरमा सुनसरीकी पत्रकार संगीता राईलाई ‘युवा प्रतिभा सम्मान’ प्रदान गरिएको छ। साहित्य, पत्रकारिता तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याएबापत उनलाई १० हजार रुपैयाँ नगद र दोसल्लासहित सम्मान गरिएको हो।

यसैगरी, ३५ औँ राष्ट्रिय कविता महोत्सवअन्तर्गत आयोजित कविता प्रतियोगितामा सुनसरीकी कवि सविता फागोको ‘भुइँमान्छेका सपना’ शीर्षकको कविता प्रथम भएको छ। सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘चेतावनीको अन्तिम हरफ’ द्वितीय भएको छ ।

सिन्धुलीका निरुपम श्रेष्ठको ‘एउटा इच्छापत्र’ र ताप्लेजुङका लेकाली कान्छाको ‘घामको जन्म’ शीर्षकका कविता संयुक्त रूपमा तृतीय भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको पुस्तकालय अध्यक्षले जानकारी दिए।

कार्यक्रममा कवि मनु मञ्जिल र समालोचक डा. तुलसी गौतमले मन्तव्य राखेका थिए।

महोत्सवकै अवसरमा ‘विमल गुरुङका प्रतिनिधि कविताहरू’ कविता सङ्ग्रह पनि लोकार्पण गरिएको थियो। सङ्ग्रहमा गुरुङका ६५ वटा प्रतिनिधि कविता समेटिएका छन्।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कार नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

#गुरुङ #कृति
Compare →
Hamro Patro News
3d ago
पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान बिर्सन हुँदैन: गृहमन्त्री गुरुङ

पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान बिर्सन हुँदैन: गृहमन्त्री गुरुङ

ललितपुर । गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज ललितपुरको पा...

#गुरुङ #कृति
Compare →
Onlinekhabar
10h ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#गुरुङ
Compare →

Related Stories

World News
Build #2612