काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ ७८ पैसा छ। हिजो बिहीबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो।
अन्य विदेशी मुद्राको विनिमयदर भने लगातार दोस्रो दिन घटेको छ।
आज युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १६७ रुपैयाँ २७ पैसा छ। हिजो बिहीबार युरो १ को खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा थियो।
यस्तै यूके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य पनि अघिल्लो दिनको तुलनामा लगातार दोस्रो दिन घटेको छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा तोकिएको छ। हिजो बिहीबार पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा थियो।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।