महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको उद्धार गरिएको छ।
बिहीबार सिद्धिचरण नगरपालिका–३ निवासी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि मन्त्रालयको पहलमा थप उपचारका लागि हवाई मार्गबाट काठमाडौं ल्याइएको हो।
दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रकाशित: २७ कार्तिक २०८३ ११:०५ शुक्रबार