Trending
Prev Story
Next Story

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

Ekantipur •
November 13, 2026 • 02:31 PM
1
1 reads 0 reactions

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

बारा — बाराको जितपुरसिमरा उपमहानगरपालिका भलुहीमा बिहीबार भएको झडपमा घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले उपचार र न्यायको माग गरेका छन् । उनीहरूले आफ्ना नेता तथा पार्टीका सांसदसमेत रहेका बारा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारी र प्रहरी प्रशासनसँग यस्तो माग गरेका हुन् ।

'माननीय सांसदज्यू अस्पतालमा भेट्न आउनुभएको छैन । उहाँले हाम्रो न्याय र उपचारका लागि पहल गरिदिनुपर्‍यो,' वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचाररत पूर्ववडाध्यक्ष असलम देवानले भने ।

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

'मलाई लक्षित गरेर आक्रमण गरियो । हाम्रो र विपक्षी समूहका गरी सिमरा र वीरगन्जमा १६ जना पक्राउ परेका हुन्,' उनले भने ।

उनका अनुसार अस्पतालमा उपचार गराइरहेका आफू र साथीहरूमाथि समेत विपक्षी सुवास मन्सुरी समूहका व्यक्तिहरू कुटपिट गर्ने मनसायले प्रस्तुत भएपछि उनका समर्थकले प्रतिरक्षा र प्रतिवाद गरेका थिए । त्यसपछि वीरगन्ज प्रहरीले नौ जनालाई पक्राउ गरेको उनले बताए ।

पक्राउ परेकाहरूलाई छुटाउन र सिमरामा पक्राउ परेका विपक्षी मन्सुरीसहित सात जनामाथि कानुनी कारबाही गर्न पनि उनले माग गरेका छन् । साथै घाइतेहरूको उपचारको व्यवस्था मिलाउन उनले आग्रह गरेका छन् ।

सुवास मन्सुरी सिमरा प्रहरी हिरासतमा रहेको र उनी नेकपाका कार्यकर्ता भएको असलमले बताए । झडपको मुख्य योजनाकार मन्सुरी नै भएको उनको आरोप छ ।

आफू वडाध्यक्ष रहेका बेला विद्यालय निर्माणमा अनियमितता भएको भन्ने विषयलाई जोडेर विपक्षीले व्यक्तिगत इगो साँधेको असलमको भनाइ छ । सांसद सहभागी चियापान कार्यक्रममा मन्सुरी पक्षले यो विषय उठाएको र पछि सामसुम भएको उनले बताए । त्यसपछि गाउँमा मन्सुरीसहितका व्यक्तिले हेलमेट र बाँसको भाटाले आफूमाथि आक्रमण गरेको उनको आरोप छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले पक्राउ परेका मन्सुरीसहित सात जनामाथि अनुसन्धान भइरहेको बताए ।

चियापान कार्यक्रममा दुई पक्षबीच सामान्य भनाभन भएको र सांसद रहबर अंसारी बाहिरिएपछि गाउँमा झडप भएको थियो ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
9h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते #उपचार
Compare →
Hamro Patro News
3h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा ...

#न्याय
Compare →
Onlinekhabar
7h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2611