Trending
Prev Story
Next Story

गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

Hamro Patro News •
November 13, 2026 • 04:13 AM
1
1 reads 0 reactions

गाजाको दक्षिणी क्षेत्र खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया विभागमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। प्यालेस्टिनी सुरक्ष...

1 / 2
Swipe Photos

गाजाको दक्षिणी क्षेत्र खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया विभागमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। प्यालेस्टिनी सुरक्षा तथा स्वास्थ्य स्रोतका अनुसार बिहिबार इजरायली विमानले अस्पताल परिसरको शल्यक्रिया विभाग रहेको दोस्रो तलामा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणबाट शल्यक्रिया विभागसहित आसपासका संरचनामा ठूलो क्षति पुगेको छ। मेडिकल कम्प्लेक्सका निर्देशक आतिफ अल–हौतले आक्रमणले भवनमा प्रत्यक्ष क्षति पुर्‍याएको र सघन उपचार कक्ष तथा शल्यक्रिया कक्षहरूमा समेत गम्भीर असर परेको बताउनुभयो।

आक्रमणपछि आगो नियन्त्रणमा लिन र घाइते तथा प्रभावितको उद्धार गर्न नागरिक सुरक्षा टोली, उद्धारकर्मी र स्वास्थ्यकर्मी घटनास्थल पुगेका थिए। गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले उद्धार टोलीले घटनास्थलबाट छ जनाको शव निकालेको र २० जनाभन्दा बढी घाइतेलाई अस्पतालबाट बाहिर निकालिएको बताउनुभयो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो। गाजाको स्वास्थ्य अधिकारीहरूले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा स्वास्थ्यकर्मी, बिरामी र उनीहरूका कुरुवा रहेका छन्। स्वास्थ्य अधिकारीहरूले अस्पतालमाथिको आक्रमणलाई स्वास्थ्य प्रणालीमाथिको गम्भीर प्रहार र अन्तर्राष्ट्रिय कानुन तथा सन्धिको खुला उल्लङ्घन भन्दै निन्दा गरेका छन्। उनीहरूले अस्पताल, स्वास्थ्यकर्मी र बिरामीको सुरक्षा सुनिश्चित गर्न, यस्ता आक्रमण रोक्न तथा जिम्मेवार पक्षलाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसङ्घीय निकाय र मानवअधिकार संस्थाहरूलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्।

Read full story at source ( emountaintv.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा बिहीबार बिहान भएको इजरायली हवाई आक्रमणमा एक चिकित्सकसहित छ।

#गाजा #हवाई #इजरायली
Compare →
Onlinekhabar
13h ago
गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

२७ कात्तिक, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका …

#आक्रमण #गाजा #अस्पताल
Compare →
Ekantipur
2d ago
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

वन्यजन्तुको आक्रमणबाट दोहोरिँदै मानवीय क्षति, कहिले सुरक्षित हुन्छन् बस्ती ?

#आक्रमण #मृत्यु
Compare →
Arthasansar
18h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#जनाको #मृत्यु
Compare →

Related Stories

Health & Wellness
Build #2612