एजेन्सी । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ। आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ जना घाइते भएका छन्।
अलजजिराका अनुसार गाजा स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान अस्पतालको शल्यचिकित्सा भवनलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। मृत्यु हुनेमा चिकित्सक रिज्क अबु शुवाइरा पनि छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )