Trending
Prev Story
Next Story

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

Onlinekhabar •
November 13, 2026 • 11:00 AM
2
2 reads 0 reactions

२७ कात्तिक, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका …

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

२७ कात्तिक, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका लागि राष्ट्रसङ्घीय मानवीय संयोजक रमिज अलक्बारोभले बिहीबारको आक्रमणबाट अस्पतालमा व्यापक क्षति पुगेको भन्दै गहिरो चिन्ता व्यक्त गरे । अन्तर्राष्ट्रिय मानवीय कानूनले अस्पताल, स्वास्थ्यकर्मी र चिकित्सा सुविधाको संरक्षण गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यस्ता संरचनालाई निशाना बनाउन वा सैन्य प्रयोजनमा प्रयोग गर्न नहुने बताए।

जारी हिंसाले गाजामा मानवीय पीडा थप बढाएको र कमजोर अवस्थामा रहेको युद्धविरामसमेत जोखिममा पारेको उनको भनाइ छ । जाडोयाम नजिकिँदै गर्दा प्रभावित नागरिकलाई राहत दिन आश्रय सामग्री र न्यानो कपडासहितका मानवीय सहायता सामग्री सुरक्षित तथा निर्बाध रूपमा गाजामा पुर्‍याउन उनले आग्रह गरे।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले गाजाका स्वास्थ्य संस्था त्यहाँका नागरिकका लागि जीवनरेखा भएको उल्लेख गर्दै तिनलाई सैन्य प्रयोजनमा प्रयोग नगर्न र आक्रमण नगर्न आग्रह गरेका छन्। उनले शान्तिलाई नै सबैभन्दा प्रभावकारी औषधिको संज्ञा दिए । डब्लुएचओका अनुसार सन् २०२३ अक्टोबरदेखि गाजामा स्वास्थ्य सेवामाथि एक हजारभन्दा बढी आक्रमणका घटना अभिलेख गरिएका छन्, जसबाट मानवीय क्षति हुनुका साथै स्वास्थ्य संरचनामा क्षति पुगेको छ ।

यसैबीच, राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले गत सप्ताहन्तको भारी वर्षापछि गाजामा राहत साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा पानी निकास गर्ने, नाली सफा गर्ने र जमेको पानी हटाउने काम गरिरहेको जनाएको छ । वर्षायाम सुरु हुन अझै केही महिना बाँकी रहे पनि विस्थापित परिवार र होचा भूभागमा बसोबास गर्ने नागरिक ढल मिसिएको पानीको जोखिममा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पानी निकाल्ने पम्प, बालुवाका बोरा तथा अन्य उपकरण उपलब्ध आवश्यकता पूरा गर्न पर्याप्त छैनन् । प्रयोगशालाका सामग्री र चिकित्सा उपकरण गाजामा प्रवेश गर्न नदिइएकाले रोगको प्रारम्भिक पहिचान र प्रकोप नियन्त्रणमा समेत कठिनाइ भएको छ । जाडोयाममा यस्तो जोखिम अझ बढ्ने चेतावनी दिइएको छ ।

मानवीय सहायता संस्थाहरूले पाल, सिमेन्ट, न्यानो कपडा, कम्बल, बालुवाका बोरा, पानी तान्ने पम्प, जेनेरेटर, इन्धन र आवश्यक उपकरण गाजामा सहज रूपमा प्रवेश गराउन लगाइएका प्रतिबन्ध हटाउन माग गरेका छन् । भग्नावशेष र विस्फोटक पदार्थ हटाउने उपकरण तथा जाडोयामका लागि औषधि र खोपको पनि आवश्यकता रहेको कार्यालयले जनाएको छ ।

बुधबारसम्म सहायता साझेदारहरूले तत्काल सहयोग आवश्यक ठहर गरिएका करिब पाँच हजार २०० परिवारमध्ये एक हजार ८०० परिवारलाई पाल, त्रिपाल, कम्बल र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराएका छन् । यो कुल आवश्यक परिवारको करिब एक तिहाइ हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

जेरुसेलम । दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा बिहीबार बिहान इजरायलले गरेको आक्रमणमा कम्तीमा छ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा अधिकारीले उक्त ...

#आक्रमण #अस्पताल #गाजा
Compare →
Bizshala
17h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →
Arthasansar
18h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →
Ekantipur
18h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।

#अस्पताल
Compare →
Nagarik News
1d ago
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ।

#अस्पताल
Compare →

Related Stories

World News
Build #2612