Trending
Prev Story
Next Story

छठ: सांस्कृतिक सद्भावको केन्द्र बन्दै काठमाडौंका पोखरीहरू

Hamro Patro News •
November 13, 2026 • 04:28 AM
1
1 reads 0 reactions

काठमाडौँ । आस्था, निष्ठा र सूर्य उपासनाको महापर्व छठका लागि काठमाडौंका नदी र पोखरीमा सरसफाई र भौतिक संरचना निर्माण कार्य जारी रहेको छ । आस्था, निष्ठा र लोकआस्थाको पर्व छठ आउन केही दिन मात्र बाँकी ...

1 / 2
Swipe Photos

आस्था, निष्ठा र सूर्य उपासनाको महापर्व छठका लागि काठमाडौंका नदी र पोखरीमा सरसफाई र भौतिक संरचना निर्माण कार्य जारी रहेको छ । आस्था, निष्ठा र लोकआस्थाको पर्व छठ आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं उपत्यकाका विभिन्न जलाशय तथा पोखरीहरूमा तयारीले तिब्रता पाएको हो । विशेषगरी राजधानीको मुटुमा अवस्थित ऐतिहासिक कमलपोखरीमा छठ पूजाका लागि विशेष सरसफाइ, काठका परम्परागत मण्डपमा रङरोगन, तथा टेन्ट र झिलिमिली बत्ती जडानका लागि फलामे संरचना निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भई सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पन्न हुने छठ पर्वका लागि काठमाडौंका विभिन्न घाटहरू दुलहीझैं सिँगारिन थालेका छन् । पछिल्ला वर्षहरूमा राजधानीको कमलपोखरी छठ पर्व मनाउने प्रमुख केन्द्रका रूपमा विकास भएको छ । यहाँ हजारौं श्रद्धालु तथा व्रतालुहरू अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन भेला हुने गर्दछन् । मंगलबार र बुधबार कमलपोखरी पुग्दा त्यहाँको वातावरण छठमय बनिसकेको देखिन्थ्यो । पोखरीको बीच भागमा रहेको काष्ठकलायुक्त परम्परागत मण्डप (छत्र) लाई चिटिक्क बनाउन काठका स्तम्भ र बुट्टाहरूमा वाटरप्रुफ तेल–पालिस लगाउने काम भइरहेको छ । कामदारहरूले भ¥याङ चढेर मण्डपको छानोमुनि रहेका काठका दलिन तथा खाँबोहरूमा सुरक्षात्मक लेप लगाइरहेका छन् । कुनै समय तराई–मधेसमा मात्र सिमित मानिने सूर्य उपासनाको यो पावन पर्व आज काठमाडौंको ऐतिहासिक कमलपोखरीमा सम्पूर्ण उपत्यकावासीको साझा सांस्कृतिक धरोहर र सद्भावको प्रतीक बनेको छ । काठमाडौं महानगरपालिकाका वातावरण विभागका सरसफाइकर्मीहरू कुचो र ठेलागाडा लिएर पोखरी परिसर, सिँढी र पैदल मार्गलाई सफा सुग्घर बनाउन अहोरात्र खटिएका छन् । पोखरीको डिल तथा सिँढीहरूमा रहेको फोहोर, पातपतिङ्गर र धुलो हटाएर चिटिक्क पारिएको छ । पोखरीको हरियो कञ्चन पानी र वरपर रोपिएका हरियाली वृक्षहरूको सौन्दर्यले कमलपोखरीलाई थप आकर्षक बनाएको छ । व्रतालुहरूलाई घामपानीबाट ओत लाग्न र रातभर पूजा सामग्री सुरक्षासहित भजन–कीर्तन गर्नका लागि पोखरीका सिँढीदार घाटहरू वरिपरि मजबुत फलामे पाइपका फ्रेमहरू ठड्याइएको छ । यसै फ्रेममा आकर्षक टेन्ट, पन्डाल र राति झिलिमिली बत्तीहरू सजाइने स्थानीय पूजा व्यवस्थापन समितिले जनाएको छ । पानीको सतहसँगै जोडिएका सिँढीहरूमा व्रतालुहरूले सहजै उभिएर सूर्यदेवलाई अघ्र्य दिन सक्ने गरी सुरक्षा बार र डोरीको पनि व्यवस्था मिलाइँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( emountaintv.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

#काठमाडौंका
Compare →
Ekantipur
2w ago
पाँचथरमा ६ करोड ४४ लाखको पोखरी, पर्यटकको आकर्षण बढ्दै

पाँचथरमा ६ करोड ४४ लाखको पोखरी, पर्यटकको आकर्षण बढ्दै

याङवरकको निसानाधाममा निर्मित पोखरीमा हरियाली, सफा पानीका फोहरा र व्यवस्थित संरचनाले पर्यटकलाई आकर्षित गर्न थालेका छन् ।

#पोखरी
Compare →
Onlinekhabar
3w ago
बादलसँग लुकामारी खेल्दै भेटिएको ‘माछा पोखरी’

बादलसँग लुकामारी खेल्दै भेटिएको ‘माछा पोखरी’

दोलखामा कति पोखरी र ताल छन् ? कहाँ–कहाँ छन् ? तिनको नाम के हो ? यस्ता प्रश्नको जवाफ खोज्दै म लामो समयदेखि दोलखाका डाँडाकाँडा, हिमाल, पहाड चहारिरहेको छु । गुगल नक्सामा हेर्दा मात्रै पनि दोलखामा …

#पोखरी
Compare →

Related Stories

Technology
Build #2611