काठमाडौं । अफगानिस्तानमा तालिबानले महिलामाथिका प्रतिबन्धहरूलाई थप कडा बनाउँदै पुरुष चिकित्सक र दन्त चिकित्सकलाई महिला बिरामीको उपचार गर्न अघोषित रूपमा रोक लगाएको छ। आकस्मिक अवस्थामा समेत महिला बिरामीका साथमा पुरुष अभिभावक (महरम) अनिवार्य हुनुपर्ने नियम लागू गरिएपछि अफगान महिलाहरू आधारभूत स्वास्थ्य सेवाबाटै वञ्चित हुने गम्भीर स्थिति सिर्जना भएको छ।
द गार्जियन र जान टाइम्सको संयुक्त प्रतिवेदनअनुसार तालिबानले यससम्बन्धी कुनै औपचारिक घोषणा नगरे पनि देशभरका सरकारी अस्पताल र निजी क्लिनिकहरूमा यो नियम कडाइका साथ कार्यान्वयन भइरहेको छ।
Read full story at source ( nepalviews.com )