Trending
Prev Story
Next Story

घडिअर्वा छठ घाटमा यस वर्ष २६ लाखभन्दा बढी खर्च

Ekantipur •
November 14, 2026 • 11:32 AM
3
3 reads 0 reactions

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अनुसार यस वर्ष घाटको अनुमानित खर्च २६ लाख २१ हजार रुपैयाँ रहनेछ ।

घडिअर्वा छठ घाटमा यस वर्ष २६ लाखभन्दा बढी खर्च

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अनुसार यस वर्ष घाटको अनुमानित खर्च २६ लाख २१ हजार रुपैयाँ रहनेछ ।

पर्सा — वीरगन्जको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले यस वर्ष छठ घाटको व्यवस्थापनमा मात्र २६ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ ।

समितिले शनिबार घाटमै पत्रकार सम्मेलन गरेर यस वर्षको व्यवस्थापन खर्चबारे जानकारी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राकेश साह कानुले खर्चको व्यवस्थापन टिकट बिक्री, विज्ञापन, व्यक्तिगत सहयोग तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगबाट हुने बताए ।

समितिका अनुसार यस वर्ष घाटको अनुमानित खर्च २६ लाख २१ हजार रुपैयाँ रहनेछ । टेन्ट, पण्डाल, सजावट, बत्ती, साउन्ड, फूलमाला तथा कार्पेट व्यवस्थापनमा सबैभन्दा बढी १२ लाख ५१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

त्यसैगरी पुरस्कार वितरण, अतिथि सत्कार, सरसफाइ, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, भिडियोग्राफी तथा अन्य व्यवस्थापनसम्बन्धी शीर्षकमा पनि बजेट विनियोजन गरिएको समितिले जनाएको छ । अनुमानित आय र खर्चको आधारमा ८४ हजार ९ सय ६० रुपैयाँ बचत रहने समितिको प्रक्षेपण छ ।

घडिअर्वा स्पोर्ट्स क्लब वीरगन्जको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छठ पूजा व्यवस्थापन समितिले यस वर्ष पनि पर्वलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरेको साहले बताए ।

घडिअर्वा छठ घाटको छठ पूजा देशकै सर्वाधिक चर्चित हुने गरेको छ ।

यस वर्ष आइतबार साँझ सझिया घाट र सोमबार बिहान बिहनिया घाट परेको छ । दुवै साँझ र बिहान गरी करिब १० लाख व्रतालु तथा भक्तजन यो घाटमा आइपुग्ने अनुमान गरिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2h ago
कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की

कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जानेहरूले सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नुपर्ने बताएका छन् । ‘कोपमा जानेहरू दर्जनौं …

#खर्च
Compare →
Hamro Patro News
5h ago
जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ। आर्थिक वर्ष २०२७ देखि २०३१ सम्मका लागि नयाँ रक्षा योजना बनाउने तयारी भइरहेको...

#खर्च
Compare →
Nagarik News
8h ago
कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक गर्नुपर्ने बताएका छन्।

#खर्च
Compare →

Related Stories

Business & Economy
Build #2612