Trending
Prev Story
Next Story

राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

Nagarik News •
November 19, 2026 • 02:06 AM
3
3 reads 0 reactions

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको चौथो बैठक आज बस्ने भएको छ।

राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको चौथो बैठक आज बस्ने भएको छ।

आज दिउँसो ३:०० बजेदेखि कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

समसामयिक प्रस्तावहरू पारित गरी दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुने छ। सो पश्चात् केन्द्रीय कमिटी बैठक बस्ने छ।

यसैगरी, राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८:०० बजेदेखि सुरु हुनेछ।

आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने छन्। त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने छन्।

प्रकाशित: ३ मंसिर २०८३ ०७:५१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
आज एमाले स्थायी कमिटी बैठक, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरिने

आज एमाले स्थायी कमिटी बैठक, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरिने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ । भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा प्रकाशन विभाग...

#कमिटी #बस्ने #भेला
Compare →
Onlinekhabar
1d ago
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी

च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी

१ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो । एमालेले गर्न लागेको राष्ट्रिय भेला लगायतका विषयमा छलफल गर्नका लागि आजको बैठक बसेको हो । एमालेका …

#केन्द्रीय #कमिटी #भेला
Compare →
Ekantipur
2d ago
एमालेको राष्ट्रिय भेलाको मुख्य एजेण्डा स्थानीय निर्वाचन

एमालेको राष्ट्रिय भेलाको मुख्य एजेण्डा स्थानीय निर्वाचन

एमालेले पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्‌देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरेको हो ।

#कमिटी #भेला #एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612