Trending
Prev Story
Next Story

एमालेको राष्ट्रिय भेलाको मुख्य एजेण्डा स्थानीय निर्वाचन

Ekantipur •
November 16, 2026 • 11:02 AM
2
2 reads 0 reactions

एमालेले पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्‌देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरेको हो ।

एमालेको राष्ट्रिय भेलाको मुख्य एजेण्डा स्थानीय निर्वाचन

एमालेले पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्‌देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरेको हो ।

काठमाडौं — एमालेले आगामी २ र ३ मंसिरमा काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको मुख्य एजेण्डा स्थानीय निर्वाचनलाई बनाउने भएको छ । भेलाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले यस्तो बताएका हुन् ।

उनले भेलामा ३ हजार ५१४ जना सहभागी हुने जानकारी पनि दिए ।

पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने बताएका हुन् ।

उनकाअनुसार पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्‌देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरिएको हो । सहभागी संख्याका आधारमा महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा भेलालाई लिइएको बताए ।

भेलाको उद्‍घाटन २ मंसिर बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । आचार्यकाअनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु हो । साथै, मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाँझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य भेलाले राखेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा एमालेको स्थायी कमिटी बैठक

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा एमालेको स्थायी कमिटी बैठक

स्थायी कमिटी बैठक मङ्सिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

#भेला #एमा #कमिटी
Compare →
Onlinekhabar
1h ago
एमाले स्थायी कमिटी बैठक भोलि बस्ने

एमाले स्थायी कमिटी बैठक भोलि बस्ने

३० कात्तिक, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी सचिव महेश बस्नेतका अनुसार, भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । एमालेले पर्सि (मंसिर २ र ३) गते राष्ट्रिय भेला गर्दैछ …

#भेला #एमा #कमिटी
Compare →
Hamro Patro News
1d ago
एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले मंसिर ५ गतेका लागि केन्द्रीय कमिटीको चौथो बैठक बोलाएको छ । बैठकको कार्यसूची तय हुन बाँकी रहेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार राष्ट्...

#भेला #एमा #कमिटी
Compare →
Bizshala
3d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#भेला #एमा #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612