Trending
Prev Story
Next Story

‘पार्टीलाई एउटै लयमा हिँडाउन एमालेको राष्ट्रिय भेला, नयाँ निर्णय नहुने’

Onlinekhabar •
November 16, 2026 • 10:31 AM
3
3 reads 0 reactions

३० कात्तिक, ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले सिङ्गो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार …

‘पार्टीलाई एउटै लयमा हिँडाउन एमालेको राष्ट्रिय भेला, नयाँ निर्णय नहुने’

३० कात्तिक , ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले सिङ्गो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भेलाको मुख्य उद्देश्य नयाँ निर्णय गर्नुभन्दा पनि यसअघि भएका निर्णयहरूको कार्यान्वयनमा एकरूपता ल्याउनु रहेको स्पष्ट पारे।

राष्ट्रिय भेला नीति निर्माण वा निर्णय गर्ने निकाय नभई भइसकेका निर्णयलाई पार्टीका सबै तहसम्म पुर्‍याउने र कार्यान्वयनमा एउटै धारणा निर्माण गर्ने मञ्च भएको उनको भनाइ छ।

पोखरेलका अनुसार नयाँ निर्णय गर्ने अधिकार पार्टीको कार्यकारिणी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा मात्र सुरक्षित रहन्छ।

महासचिव पोखरेलले भने , ‘ राष्ट्रिय कार्यकर्ता भेला कुनै नयाँ निर्णय गर्ने थलो होइन। यो पार्टीले यसअघि गरेका निर्णयहरूलाई एकरूपताका साथ कार्यान्वयन गर्दै सिङ्गो पार्टीलाई एउटै लयमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको हो। ‘

उनले थपे , ‘ नयाँ निर्णय गर्ने अधिकार कार्यकारिणी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीलाई हुन्छ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा एमालेको स्थायी कमिटी बैठक

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा एमालेको स्थायी कमिटी बैठक

स्थायी कमिटी बैठक मङ्सिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

#भेला #एमा #एमाले
Compare →
Ekantipur
17h ago
एमाले राष्ट्रिय भेलाले स्थानीय र प्रदेश निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने

एमाले राष्ट्रिय भेलाले स्थानीय र प्रदेश निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने

उपाध्यक्ष रामबहादुर थापाले संसद्मा एमालेले खेल्नुपर्ने भूमिकाबारे, अर्का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, सामाजिक र भौतिक विकासबारे तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनबारे प्रतिवेदन पेस गर्ने

#भेला #एमा #एमाले
Compare →
Hamro Patro News
3d ago
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनि...

#भेला #एमा #एमाले
Compare →
Bizshala
3d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#भेला #एमा #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612