Trending
Prev Story
Next Story

समय रैना : डिप्रेसनमा पुगेका थिए कमेडियन, च्याटजीपीटीलाई सोध्थे यस्तो प्रश्न

Onlinekhabar •
November 16, 2026 • 10:31 AM
2
2 reads 0 reactions

कमेडियन समय रैना फेरि चर्चामा छन् । यसपटक उनको चर्चा कुनै विवादित अभिव्यक्ति वा कमेडीका कारण होइन, आफ्नो जीवनको कठिन समयबारे गरेको खुलासाका कारण भएको हो । करिब दुई वर्षअघि विवादमा परेपछि उनको शो ‘इन्डियाज गट …

समय रैना : डिप्रेसनमा पुगेका थिए कमेडियन, च्याटजीपीटीलाई सोध्थे यस्तो प्रश्न

कमेडियन समय रैना फेरि चर्चामा छन् । यसपटक उनको चर्चा कुनै विवादित अभिव्यक्ति वा कमेडीका कारण होइन, आफ्नो जीवनको कठिन समयबारे गरेको खुलासाका कारण भएको हो ।

करिब दुई वर्षअघि विवादमा परेपछि उनको शो ‘इन्डियाज गट लेटेन्ट’ बन्द भएको थियो । त्यसबेला समयका लागि परिस्थिति निकै कठिन बनेको थियो । उनी डिप्रेसनसँग जुधिरहेका थिए । आफ्नो शो फेरि सुरु हुन सक्ने हो वा होइन भन्नेमा समेत उनी अनिश्चित थिए ।

अहिले शोको दोस्रो सिजनको फिनालेमा समयले त्यही कठिन समय सम्झिएका छन् । क्यानडामा बस्दा उनी आफ्नो शोको भविष्यबारे च्याटजीपीटीसँग प्रश्न गर्ने गरेको खुलासा गरेका छन् ।

‘इन्डियाज गट लेटेन्ट’को दोस्रो सिजनको अन्तिम भाग गत आइतबार अर्थात् नोभेम्बर १५ मा सार्वजनिक भएको थियो । फिनालेमा समयले आफ्नो यात्रा, कठिन समयमा साथ नछाड्ने साथीहरू र शोको सफलताबारे चर्चा गरेका थिए । उनको भावुक अभिव्यक्तिका भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

च्याटजीपीटीलाई सोध्थे , के समय रैनाले फेरि शो गर्न सक्लान् ?

क्यानडामा बिताएका दिन सम्झिँदै समयले आफू त्यतिबेला डिप्रेसनबाट गुज्रिरहेको बताएका छन् । आफ्नो शो फेरि सुरु गर्न सकिने हो वा होइन भन्ने उनलाई थाहा थिएन । यस्तो अवस्थामा उनी च्याटजीपीटीसँग यसबारे प्रश्न गर्ने गर्थे ।

समयले भनेका छन्, ‘म च्याटजीपीटीलाई लेख्थेँ, तिमीलाई के लाग्छ, के समय रैनाले कहिल्यै आफ्नो शो फेरि सुरु गर्न सक्ला ? त्यसको जवाफमा उसले अहिले नै केही भन्न नसकिने बताउँथ्यो ।’

उनले आफ्नो शोले यति ठूलो सफलता हासिल गर्ला भन्ने कहिल्यै नसोचेको पनि बताए । बलिउडका ठूला कलाकारहरू आफ्नो शोमा सहभागी होलान् भन्ने अपेक्षासमेत उनलाई थिएन । आलिया भट्ट र वरुण धवनजस्ता कलाकार शोमा आएको प्रसंग उल्लेख गर्दै उनले आश्चर्य व्यक्त गरे ।

दोस्रो सिजनको यात्राबारे बोल्दै समय भावुक भएका थिए । कठिन समयमा आफूलाई साथ नछाड्ने साथीहरूलाई उनले विशेष धन्यवाद दिए । आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका बेला साथीहरूले हिम्मत दिएको उनले सम्झिए ।

तर, आफ्नो भावुक मन्तव्यको अन्त्यमा उनले गायक हनी सिंहलाई लिएर ठट्टा गर्दै माहोललाई हल्का बनाएका थिए ।

रणवीर इलाहाबादियाको अभिव्यक्तिबाट सुरु भएको थियो विवाद

‘इन्डियाज गट लेटेन्ट’को पहिलो सिजन ठूलो विवादमा परेको थियो । शोको एउटा भागमा रणवीर इलाहाबादियाले एक प्रतियोगीका आमाबुबालाई लिएर आपत्तिजनक प्रश्न गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।

यस घटनापछि रणवीर इलाहाबादिया, समय रैना, अपूर्वा मुखीजालगायत शोसँग सम्बन्धित व्यक्तिविरुद्ध प्रहरीमा उजुरी तथा एफआईआर दर्ता भएका थिए ।

विवादको प्रत्यक्ष असर शोमा परेको थियो । समयले आफ्नो युट्युब च्यानलबाट पहिलो सिजनका सबै भाग हटाएका थिए । त्यसपछि उनी क्यानडा गएका थिए । त्यही समयमा आफू डिप्रेसनसँग जुधिरहेको उनले बताएका छन् ।

अहिले दोस्रो सिजनको सफलतासँगै समयले आफ्नो कठिन समय सम्झिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
‘ट्याटु मेटाउँदिनँ, विगत भनेको विगत हो’ भन्दै चर्चामा अनु परियार, अब्दुल्लासँगको प्रेम सम्बन्धमा फेरि नयाँ ट्विस्ट!

‘ट्याटु मेटाउँदिनँ, विगत भनेको विगत हो’ भन्दै चर्चामा अनु परियार, अब्दुल्लासँगको प्रेम सम्बन्धमा फेरि नयाँ ट्विस्ट!

काठमाडौं । पाकिस्तानी युवक अब्दुल्लाहसँगको इन्गेजमेन्टपछि विवादमा तानिएकी सामाजिक सञ्जालमा चर्चित अनु परियार फेरि चर्चामा आएकी छन्। अब्दल्लाह दुबईमा अर्की युवतीसँग लामो समयदेखि लिभिङ टुगेदरमा रहेक...

#चर्चा #फेरि
Compare →

Related Stories

Technology
Build #2612