Trending
Prev Story
Next Story

मकवानपुर सुमो दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ७ जना घाइते

Ekantipur •
November 19, 2026 • 05:02 AM
3
3 reads 0 reactions

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक सुमो बिहीबार बिहान भैंसेको घुम्तीबाट करिब १० मिटर तल खोलामा खसेपछि दुर्घटना भएको हो।

मकवानपुर सुमो दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ७ जना घाइते

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक सुमो बिहीबार बिहान भैंसेको घुम्तीबाट करिब १० मिटर तल खोलामा खसेपछि दुर्घटना भएको हो।

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ : ३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो ।

दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो ।

हेटौंडा अस्पतालमा चिकित्सकले बिहान ९ : २० बजे तीन जनालाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृ'त्यु, सात घाइते

भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृ'त्यु, सात घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

#सुमो #दुर्घटना #मकवानपुर
Compare →
Onlinekhabar
1h ago
भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन …

#दुर्घटना #अपडेट #जनाको
Compare →
Hamro Patro News
1d ago
रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं, मंसिर २ । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार नियमित उडानमा रहेको एएन–१२ वि...

#दुर्घटना #जनाको #मृत्यु
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #जनाको #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612