Trending
Prev Story
Next Story

भैंसेमा भएको सुमो दुर्घटनाका तीनै मृतक र सातै घाइतेको पहिचान खुल्यो

Ekantipur •
November 19, 2026 • 05:32 AM
3
3 reads 0 reactions

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको सुमो बिहीबार बिहान मकवानपुरको भीमफेदी भैंसेमा दुर्घटना भएको थियो।

भैंसेमा भएको सुमो दुर्घटनाका तीनै मृतक र सातै घाइतेको पहिचान खुल्यो

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको सुमो बिहीबार बिहान मकवानपुरको भीमफेदी भैंसेमा दुर्घटना भएको थियो।

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरका २५ वर्षीया अनुसा लामा, २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र ५० वर्षीय बमबहादुर वाइबा रहेका छन्।

त्यस्तै, दुर्घटनामा घाइते हुनेमा सुमो चालक चन्द्रनिगाहपुरकै ३३ वर्षीय कालुमान लोप्चन, १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन्।

घाइते सातै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ः३० बजे भीमफेदी–१ भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेर दुर्घटना भएको थियो।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
55m ago
भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो

भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी मृत्यु …

#दुर्घटना #मृतक #घाइते
Compare →
Nagarik News
1h ago
भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृ'त्यु, सात घाइते

भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृ'त्यु, सात घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

#दुर्घटना #सुमो #घाइते
Compare →
Hamro Patro News
3d ago
नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुने सबैको पहिचान खुलेक...

#दुर्घटना #घाइते #पहिचान
Compare →
Bizshala
3d ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #घाइते
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612