Trending
Prev Story
Next Story

एसियाली क्लियरिङ युनियनको वैठकमा सदस्य राष्ट्रबीच आफ्नै मुद्रा प्रयोगमा जोड

Ekantipur •
November 19, 2026 • 05:32 AM
3
3 reads 0 reactions

बैठकले सन् २०२७-२८ का लागि संघको अध्यक्षमा म्यानमारको केन्द्रीय बैंक र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ ।

एसियाली क्लियरिङ युनियनको वैठकमा सदस्य राष्ट्रबीच आफ्नै मुद्रा प्रयोगमा जोड

बैठकले सन् २०२७-२८ का लागि संघको अध्यक्षमा म्यानमारको केन्द्रीय बैंक र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ ।

काठमाडौँ — नेपाल राष्ट्र बैंकको आयोजनामा काठमाडौंमा नोभेम्बर १७ र १८ (मंसिर १ र २) मा एसियाली क्लियरिङ युनियन सम्पन्न भएको छ । सन् २०२६-२७ का लागि अध्यक्षता पाएको नेपालले वैठकको नेतृत्व गर्ने अवसर पाएको हो ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सदस्य राष्ट्रहरूबीच आफ्नै देशको मुद्रा प्रयोग गरेर भुक्तानी गर्ने अवधारणाले बाह्य क्षेत्रको स्थायित्व बलियो बनाउन सहयोग पुग्ने बताए ।

युनियनले सञ्चालन गर्दै आएको दुई-दुई महिनामा हिसाब मिलान गर्ने भुक्तानी प्रणालीले सदस्य राष्ट्रहरूलाई भुक्तानीका क्रममा आउन सक्ने सम्भावित कठिनाइबाट जोगाउन सुरक्षा कवचको काम गर्ने पौडेलको  विश्वास छ ।

बैठकमा भारत, इरानलगायत सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा युनियनको सचिवालयका प्रतिनिधिहरू सहभागी थिए ।

बैठकमा इरानको केन्द्रीय बैंकका डेपुटी गभर्नर असगर अबोलहसनी हतियानीले परिचयात्मक मन्तव्य दिएका थिए । संघका महासचिव मोज्तबा खलेलीले बैठक उद्घाटन गरेका थिए।

संयुक्त राष्ट्रसंघको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगकी कार्यकारी सचिव आमिर्डा सल्सिया अलिस्जाहबानाले श्रव्यदृश्य सन्देशमार्फत बैठकलाई सम्बोधन गरेकी थिइन् ।

बैठकले इरानको केन्द्रीय बैंकले आयोजना गरेको संघको ५३औँ सञ्चालक समिति बैठकको कार्यवृत्त तथा सन् २०२४-२५ मा संघको सञ्चालनसम्बन्धी प्रतिवेदन स्वीकार गरेको छ । यसअघि नोभेम्बर १७ मा सम्पन्न स्थायी प्राविधिक समितिको बैठकले गरेका सिफारिसलाई पनि सञ्चालक समितिले अनुमोदन गरेको छ ।

त्यस्तै, डिजिटल अर्थतन्त्र र सीमापार क्षेत्रीय सहकार्यसम्बन्धी कार्ययोजनाका विषयमा पनि छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

बैठकले सन् २०२७-२८ का लागि संघको अध्यक्षमा म्यानमारको केन्द्रीय बैंक र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ । संघको आगामी सञ्चालक समिति बैठक सन् २०२७ को जुनमा म्यानमारको राजधानी नेपिडोमा आयोजना गर्ने निर्णयसमेत भएको छ ।

बैठकको समापन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दिलीराम पोखरेलले गरेका थिए। समापनपछि आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले संघले पाँच दशकभन्दा लामो समयदेखि र्पुयाउँदै आएको योगदानको प्रशंसा गर्दै विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट उत्पन्न चुनौती सामना गर्न संस्थागत पारदर्शिता र आपसी विश्वास आवश्यक रहेको बताए ।

सदस्य राष्ट्रहरूबीच अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले सन् १९७४ मा एसियाली क्लियरिङ युनियन स्थापना भएको हो । यसको सचिवालय इरानको तेहरानमा छ ।

यस संघमा बंगलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलंकाका केन्द्रीय बैंक आबद्ध छन्। यसरी संघमा ११ देशका केन्द्रीय बैंक सदस्य छन्।

यसको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूबीच हुने भुक्तानी कारोबारको हिसाब मिलानलाई सहज बनाउनु हो । यस प्रणालीले प्रत्येक कारोबारको भुक्तानी छुट्टाछुट्टै रूपमा गर्नुपर्ने अवस्थालाई कम गर्दै निश्चित अवधिमा सदस्य राष्ट्रबीचको कुल लेनदेनको हिसाब मिलान गर्ने व्यवस्था गर्छ ।

यसले अन्तरदेशीय व्यापार तथा भुक्तानीलाई सहज बनाउनुका साथै विदेशी मुद्रामा पर्न सक्ने दबाब कम गर्न र सदस्य राष्ट्रबीच आर्थिक सहकार्य विस्तार गर्न सहयोग र्पुयाउने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
निजामती ट्रेड युनियनको विवाद संवैधानिक इजलासमा

निजामती ट्रेड युनियनको विवाद संवैधानिक इजलासमा

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयलाई संवैधानिक इजलासबाट छिनोफानो गर्ने भएको छ । न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासले कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध …

#युनियन
Compare →
Hamro Patro News
1d ago
ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौँ। ट्रेड युनियनका संरचना हटाउने गरी सरकारको निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले मंग...

#युनियन
Compare →
Bizshala
21m ago
एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू)को सञ्चालक समितिको ५४औँ बैठक काठमाडौंमा सम्पन्न...

#क्लियरिङ #युनियन
Compare →

Related Stories

World News
Build #2612