Trending
Prev Story
Next Story

भैंसे सुमो दुर्घटनामा मृत्यु भएका एक जनाको पहिचान खुल्यो

Ekantipur •
November 19, 2026 • 05:32 AM
3
3 reads 0 reactions

ना १ ज २१४३ नम्बरको सुमो सडकबाट करिब १० मिटर तल खसेपछि दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक महिला चिनिएकी छन्।

भैंसे सुमो दुर्घटनामा मृत्यु भएका एक जनाको पहिचान खुल्यो

ना १ ज २१४३ नम्बरको सुमो सडकबाट करिब १० मिटर तल खसेपछि दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक महिला चिनिएकी छन्।

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये एक जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिना रहेकी छन्  ।

दुर्घटनामा मृत्यु भएका अन्य २ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आफन्त आएपछि मात्रै उनीहरूको पहिचान खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान भीमफेदी–१ भैंसेस्थित घुम्तीबाट करिब १० मिटर तल भैंसे खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो

भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी मृत्यु …

#दुर्घटना #मृत्यु #पहिचान
Compare →
Nagarik News
33m ago
भीमफेदी सुमो दुर्घटना : तीन मृ'तक र सात घाइतेको पहिचान खुल्यो (नामसहित)

भीमफेदी सुमो दुर्घटना : तीन मृ'तक र सात घाइतेको पहिचान खुल्यो (नामसहित)

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

#सुमो #दुर्घटना #पहिचान
Compare →
Hamro Patro News
1d ago
रुसको सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसको सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान ‘एएन-१२’ दुर्घटना भएको छ। दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुस सञ्चारमाध्यमी ‘इजवेस्टिया’का अनुसार व...

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #मृत्यु #जनाको
Compare →

Related Stories

National (Nepal)
Build #2612