Trending
Prev Story
Next Story

भीमफेदी जिप दुर्घटना अपडेट : मृतक र घाइते सबैको पहिचान खुल्यो

Onlinekhabar •
November 19, 2026 • 06:01 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जना र घाइते सात जनाको पहिचान खुलेको छ । मकवापनुर प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा …

भीमफेदी जिप दुर्घटना अपडेट : मृतक र घाइते सबैको पहिचान खुल्यो

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जना र घाइते सात जनाको पहिचान खुलेको छ ।

मकवापनुर प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, चन्द्रनिगाहपुर नगरपालिका-४ की २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र सोही ठाउँकी २५ वर्षीया अनुसा लामा रहेका छन् ।

दुर्घटनामा परी रौतहट चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन् । घाइते कालुमान लोप्चन जिप चालक समेत हुन् ।

आज बिहान करिब ८:५५ बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो गाडी सडकबाट करिब २०/२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
51m ago
भैंसेमा भएको सुमो दुर्घटनाका तीनै मृतक र सातै घाइतेको पहिचान खुल्यो

भैंसेमा भएको सुमो दुर्घटनाका तीनै मृतक र सातै घाइतेको पहिचान खुल्यो

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको सुमो बिहीबार बिहान मकवानपुरको भीमफेदी भैंसेमा दुर्घटना भएको थियो।

#दुर्घटना #वर्षीया #मृतक
Compare →
Nagarik News
45m ago
भीमफेदी सुमो दुर्घटना : तीन मृ'तक र सात घाइतेको पहिचान खुल्यो (नामसहित)

भीमफेदी सुमो दुर्घटना : तीन मृ'तक र सात घाइतेको पहिचान खुल्यो (नामसहित)

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

#दुर्घटना #भीमफेदी #घाइते
Compare →
Hamro Patro News
3d ago
नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुने सबैको पहिचान खुलेक...

#दुर्घटना #घाइते #सबैको
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612