Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो

Onlinekhabar •
November 19, 2026 • 05:01 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी मृत्यु …

भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन् । चन्द्रनिगाहपुरबाट जिप चढेकी मृतक महिलाको भने पहिचान खुलेको छैन ।

डीएसपी थापाका अनुसार दुर्घटनामा परी रौतहट चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन्।

आज बिहान करिब ८:५५ बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो गाडी सडकबाट करिब २०/२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो ।

घाइतेहरूलाई स्थानीय बासिन्दा तथा प्रहरी चौकी भैँसेको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
23m ago
भैंसे सुमो दुर्घटनामा मृत्यु भएका एक जनाको पहिचान खुल्यो

भैंसे सुमो दुर्घटनामा मृत्यु भएका एक जनाको पहिचान खुल्यो

ना १ ज २१४३ नम्बरको सुमो सडकबाट करिब १० मिटर तल खसेपछि दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक महिला चिनिएकी छन्।

#दुर्घटना #पहिचान #मृत्यु
Compare →
Nagarik News
1h ago
भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृ'त्यु, सात घाइते

भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृ'त्यु, सात घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

#दुर्घटना #भीमफेदी #घाइते
Compare →
Hamro Patro News
2d ago
मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो सुर्खेतबाट रारा ताल जाँदै गरेको जिप आइतबार टोप्लास्थित सडकबाट करिब ६ सय मिटर तल खस्दा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा सोमबा...

#दुर्घटना #मृत्यु #मृतक
Compare →
Arthasansar
2d ago
कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक...

#पहिचान
Compare →

Related Stories

Health & Wellness
Build #2612