Trending
Prev Story
Next Story

कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

Arthasansar •
November 16, 2026 • 11:05 AM
2
2 reads 0 reactions

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक...

कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । हस्तकला महासंघका पूर्व अध्यक्ष ईन्द्र बहादुर शाक्य वंशद्वारा लिखित नेपालको कला, संस्कृति, चाडपर्व,जात्रा र सम्पदाहरुको संग्रह नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले संस्कृति कुनै पनि राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज भएको बताएका हुन् ।

उनले यस्ता विषयमा अनुसन्धान, अभिलेखीकरण र वैज्ञानिक अध्ययनमार्फत भावी पुस्ताका लागि ज्ञान हस्तान्तरण गर्नु आवश्यक रहेको बताए । काठमाडौं उपत्यकाका जात्रा तथा पर्वहरू प्राचीन सभ्यता, धार्मिक आस्था, सामुदायिक एकता, सामाजिक संगठन र परम्परागत सीप तथा शिल्पकलाका महत्वपूर्ण परिचायक रहेको उनको भनाइ थियो। यस्ता मौलिक परम्पराले समाजलाई एकताबद्ध बनाउनुका साथै नेपालको विशिष्ट सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न योगदान पु¥याएको उनले बताए । अध्यक्ष अग्रवालले तीव्र सहरीकरण, अव्यवस्थित विकास, जलवायु परिवर्तन, भूकम्प, आगलागी तथा वातावरणीय प्रदूषणका कारण नेपालको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदामाथि चुनौती थपिँदै गएको उल्लेख गरे। परम्परागत बस्ती, मठमन्दिर, पाटी, पोखरी तथा ऐतिहासिक संरचनाको संरक्षणका लागि स्पष्ट सरकारी नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए ।

उनले सांस्कृतिक सम्पदाको संरक्षण सरकारको मात्रै दायित्व नभई स्थानीय समुदाय, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र सम्बन्धित सरोकारवालाहरूको साझा जिम्मेवारी भएको धारणा राखे। संरक्षण अभियानलाई प्रभावकारी बनाउन विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय इतिहास, कला, संस्कृति र सम्पदासम्बन्धी विषय समावेश गर्नुपर्नेमा समेत उनले जोड दिए । परम्परागत कला र सीपलाई जीवन्त राख्न कलाकार, शिल्पकार, मूर्तिकार, काष्ठकर्मी तथा धातुकर्मीको आर्थिक र सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका मौलिक सीप र प्रविधिको संरक्षणसँगै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

नेपालको सांस्कृतिक विविधता पर्यटन विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अग्रवालले सम्पदामा आधारित पर्यटनको प्रवद्र्धनबाट रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउन सकिने बताए । सांस्कृतिक सम्पदालाई संरक्षणसँगै आर्थिक गतिविधिसँग जोड्न सके यसले दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको धारणा थियो ।अध्यक्ष अग्रवालले पुस्तकका लेखक, अनुसन्धानकर्ता, प्रकाशक तथा यस कार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्वहरूलाई बधाई तथा धन्यवाद दिँदै यस्ता अनुसन्धानमूलक प्रकाशनले नेपालको कला, संस्कृति र सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक सम्पदाको संरक्षणलाई केवल विगतको इतिहास जोगाउने कार्यका रूपमा नभई वर्तमान पुस्ताको दायित्व र भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा प्रधानमन्त्रीले स्वदेश ...

#संस्कृति #संरक्षण
Compare →
Ekantipur
1d ago
तामाङ संस्कार तथा संस्कृति निर्देशिकालाई समृद्ध बनाउने प्रयास

तामाङ संस्कार तथा संस्कृति निर्देशिकालाई समृद्ध बनाउने प्रयास

तामाङ समुदायमा जन्मदेखि मृत्युसम्मका विविध संस्कार, संस्कृतिमा एकरुपता ल्याउने गरी 'तामाङ संस्कार तथा संस्कृति निर्देशिका'लाई समयानुकूल परिमार्जन गर्न लागिएको हो ।

#संस्कृति
Compare →
Nagarik News
2d ago
भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

कला, संस्कृति र वास्तुकलाको जीवन्त संग्रहालय भक्तपुर दरबार क्षेत्र पुग्ने जोकोहीलाई एउटै प्रश्नले रोमाञ्चित बनाउँछ

#कला #इतिहास
Compare →
Onlinekhabar
3d ago
भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ । दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ …

#पहिचान
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612