Trending
Prev Story
Next Story

निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था : खुद नाफा १ अर्ब बढीले ऋणात्मक, कुन कम्पनीको नाफा घाटा कति ?

Arthasansar •
November 16, 2026 • 11:05 AM
2
2 reads 0 reactions

चालु आर्थिक वर्षको  पहिलो त्रैमासिकसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था निकै कमजोर बन्न पुगेको छ । कम्पनीहरुले सार्वजनिक गरेको...

निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था : खुद नाफा १ अर्ब बढीले ऋणात्मक, कुन कम्पनीको नाफा घाटा कति ?

चालु आर्थिक वर्षको  पहिलो त्रैमासिकसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था निकै कमजोर बन्न पुगेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीको खुद नाफा १ अर्ब भन्दा बढीले ऋणात्मक अवस्थामा पुगेको हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही सुधार भए पनि निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्थामा सुधार हुन नसकेको देखिएको हो । चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्कअनुसार १४ निर्जीवन बीमा कम्पनीको खुद नोक्सानी १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूको कुल खुद घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ थियो । पछिल्ला वर्षहरुमा लगातार रुपमा भएका ठूला प्राकृतिक विपत्ती तथा मानविय ध्वशंका कारण निर्जीवन बीमा कम्पनीको नाफामा ठूलो असर परेको छ । १४ वटा कम्पनीहरु मध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा ८ वटा कम्पनी नोक्सानीमा रहेका छन् भने अरु ६ वटा कम्पनीमध्ये पाँचवटा घाटाबाट नाफामा पुगेका छन् भने एउटाको नाफा घटे पनि धनात्मक अवस्था छ ।

गत वर्षको जेनजी युवा आन्दोलनका कारण उत्पन्न चुनौतीबाट उठ्न नपाउँदै भदौ १० गते भोटेकोशी बाढीको मार खेपेका निर्जीवन बीमा कम्पनीहरु अवस्था थप चुनौतिपूर्ण बन्दै गएको हो । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा कम्पनीगत रुपमा हेर्दा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म २८ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनी ९ करोड ९५ लाख ९ हजार रुपैयाँले घाटामा रहेको थियो । यो कम्पनी चालु आर्थिक वर्षको तीन महिनामा उल्लेख्य सुधार गरेर घाटाबाट नाफामा जान सफल भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सले ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनी ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफामा रहेको थियो । समीक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनी पनि घाटाबाट नाफामा फकिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिसम्ममा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यो कम्पनी १५ करोड ८५ लाख ८६ हजार रुपैयाँले घाटामा रहेको थियो ।  यसैगरी, एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

त्यस्तै यो अवधिमा नेशनल इन्स्योरेन्सको नाफामा भने भारी गिरावट आएको छ । गत वर्षको असोजसम्म ३ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ७ लाख १ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । अर्कोतर्फ, ८ कम्पनीको नाफा ऋणात्मक रहेको छ । युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ, नेको इन्स्योरेन्स ८ करोड १८ लाख ७१ हजार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १६ करोड १५ लाख ५६ हजार, नेपाल इन्स्योरेन्स २० करोड ४७ लाख २ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स २० करोड ९८ लाख ३२ हजार रुपैयाँले घाटामा रहेका छन् ।

सानिमा जिआईसी इन्स्योरेन्सको घाटा बढेर २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनी २० करोड २ लाख ३ हजार रुपैयाँ घाटामा थियो । त्यसैगरी, द ओरिएन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ घाटामा रहेको छ ।  सबैभन्दा कमजोर वित्तीय अवस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सको देखिएको छ । गत वर्षको असोजसम्म १० करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफामा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा ४० करोड ११ लाख रुपैयाँ घाटामा पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
3h ago
जीवन बीमा कम्पनीहरूको नाफा ११.३४% ले घट्यो, ईपीएस कुनको कति ?

जीवन बीमा कम्पनीहरूको नाफा ११.३४% ले घट्यो, ईपीएस कुनको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूको कुल खुद नाफामा गिरावट आएको छ। सञ्चालनमा...

#बीमा #खुद #नाफा
Compare →
Hamro Patro News
6h ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेको कम्पनी ...

#बीमा #नाफा #घाटा
Compare →
Onlinekhabar
1d ago
साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२९ कात्तिक, काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २१ प्रतिशत बढेको छ । पहिलो त्रैमासमा कम्पनीले ५९ करोड ९१ लाख रुपैयाँ …

#वित्तीय #नाफा #कति
Compare →
Ekantipur
1d ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#वित्तीय #नाफा
Compare →
Nagarik News
5d ago
जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।

#वित्तीय
Compare →

Related Stories

Business & Economy
Build #2612