Trending
Prev Story
Next Story

सोनिया र राजीव गान्धीको जीवनमा एकपटक मात्रै झगडा भएको राहुलको दाबी

Onlinekhabar •
November 19, 2026 • 05:01 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । भारतीय लोकसभामा  विपक्षी दलका नेता राहुल गान्धीले आफ्ना आमाबुवा राजीव गान्धी र सोनिया गान्धीबीच जीवनमा एकपटक मात्रै झगडा भएको प्रसङ्ग सुनाएका छन् । सोमबार नयाँ दिल्लीमा आयोजित आमा सोनिया गान्धीको संस्मरण ‘बिलङिङ : …

सोनिया र राजीव गान्धीको जीवनमा एकपटक मात्रै झगडा भएको राहुलको दाबी

३ मंसिर, काठमाडौं । भारतीय लोकसभामा  विपक्षी दलका नेता राहुल गान्धीले आफ्ना आमाबुवा राजीव गान्धी र सोनिया गान्धीबीच जीवनमा एकपटक मात्रै झगडा भएको प्रसङ्ग सुनाएका छन् ।

सोमबार नयाँ दिल्लीमा आयोजित आमा सोनिया गान्धीको संस्मरण ‘बिलङिङ : अ जर्नी अफ लभ’ विमोचन समारोहमा बोल्दै राहुलले आमाबुवाको प्रेमसम्बन्ध, पारिवारिक आत्मीयता र पिता राजीवको हत्यापछि आमाले भोगेको पीडाबारे चर्चा गरेका हुन् ।

हार्परकोलिन्स इन्डियाद्वारा प्रकाशित उक्त पुस्तक नोभेम्बर १० मा बजारमा आएको हो । समारोहमा राहुलले आफ्ना आमाबुवाको सम्बन्धबारे भने, ‘उनी मेरा पिताकी थिइन् र मेरा पिता उनका थिए । यदि आज मेरा पिता जीवित हुनुहुन्थ्यो भने मेरी आमाका उपलब्धि देखेर अत्यन्तै गर्व गर्नुहुन्थ्यो ।’

अमरिन्दर सिंहसँगको फोनकल र एकमात्र झगडा

समारोहमा उपस्थित पूर्वकङ्ग्रेस नेता तथा हाल भारतीय जनता पार्टी (भाजपा) का नेता क्याप्टेन अमरिन्दर सिंहलाई सङ्केत गर्दै राहुलले बाल्यकालको एउटा रोचक प्रसङ्ग सुनाए ।

उनका अनुसार राजीव गान्धी फोनमा अमरिन्दर सिंहसँग कुरा गरिरहेका बेला सोनियाको कुरा नसुनेपछि उनीहरूबीच झगडा भएको थियो । राहुलले हाँस्दै भने, ‘हामीले उहाँहरूबीच सामान्य बहस त देख्यौँ, तर झगडा भएको जीवनमा एकपटक मात्रै देख्यौँ । अचम्मको संयोग के भने, त्यतिबेला मेरा पिता फोनमा अमरिन्दर सिंहसँग कुरा गरिरहनुभएको थियो ।’

राहुलले आफ्ना आमाबुवाको पहिलो भेट बेलायतको क्याम्ब्रिजस्थित सेन्ट एन्ड्रयुज स्ट्रिटमा रहेको ‘भार्सिटी रेस्टुरेन्ट’मा भएको पनि स्मरण गरे । वर्षौँपछि आफू क्याम्ब्रिजमा पढ्न जाँदा प्रेमिकासँगै आमाबुवाको पहिलो भेट भएको उक्त ठाउँ हेर्न गएको उनले बताए ।

रेस्टुरेन्टको पहेँलो ढोका र टेबुल देखाउँदै त्यहाँका एक व्यक्तिले आफ्ना आमाबुवालाई चिनेको प्रसङ्ग सुनाउँदै राहुलले त्यहाँको ‘चिकन च्यासर’ परिकार भने निकै नराम्रो रहेको ठट्टा गरे ।

‘यदि प्रेममा पर्नु छ भने भार्सिटी रेस्टुरेन्ट जानुहोस्, तर त्यहाँको चिकन च्यासर कहिल्यै नखानुहोस् । खाना एकदमै झुर छ,’ उनले भने ।

आमाबुवाको आत्मीय सम्बन्धबारे अर्को प्रसङ्ग सुनाउँदै राहुलले हरेक खानाको समयमा आमा सोनिया बुवा राजीवको काखमा बस्ने गरेको बताए ।

बाल्यकालमा आफूले त्यसलाई सबै घरको सामान्य चलन ठानेको उल्लेख गर्दै उनले भने, ‘म साथीहरूको घरमा जाँदा उनीहरूका आमाबुवा एकअर्काको काखमा नबसेको देखेर छक्क पर्थें । अनि साथीहरूलाई सोध्थें– यहाँ के भइरहेको छ ? तिम्री आमा तिम्रो बुवाको काखमा किन नबसेकी ?’

आफ्नो बाल्यकालको सुखद पारिवारिक वातावरण अचानक कसरी भत्कियो भन्ने स्मरण गर्दा राहुल भावुक बने । उनले हजुरआमा इन्दिरा गान्धी र पिता राजीव गान्धीको हत्याले परिवारमा पारेको असरबारे बताए ।

‘हामी यही वातावरणमा हुर्किएका थियौँ । त्यसपछि अचानक ती सबै कुरा चकनाचुर भएको देख्यौँ । पहिले हाम्रो एउटा आधारस्तम्भ (हजुरआमा इन्दिरा गान्धी) लाई गोली हानिएको देख्यौँ र त्यसपछि सबैभन्दा ठूलो आधारस्तम्भ (पिता राजीव गान्धी) लाई बमले टुक्राटुक्रा पारिएको देख्यौँ,’ उनले भने ।

राहुलका अनुसार राजीव गान्धीको हत्या भएको दिनका घटनाबारे सोनिया गान्धीलाई कुनै स्मरण छैन । पुस्तकमा समेटिएको उक्त दिनको विवरण छोरी प्रियङ्का गान्धीको सहयोगमा तयार पारिएको उनले बताए ।

राजीवको निधनपछि पहिलेकी हँसिली र मिलनसार सोनिया पूरै बदलिएको भए पनि भारतभरका जनताले उनलाई नयाँ अपनत्वको अनुभूति दिलाएको राहुलको भनाइ थियो ।

उनले सोनिया गान्धीले जीवनमा चारपटक क्यान्सरलाई पराजित गरेको खुलासा गर्दै आमाको साहसको प्रशंसा गरे । ‘मैले जीवनमा एकपटक पनि मेरी आमालाई डराएको देखेको छैन,’ उनले भने ।

पुस्तक विमोचनमा विपक्षी नेताहरूको जमघट, भाजपाको आलोचना

नयाँ दिल्लीमा आयोजित पुस्तक विमोचन समारोहमा विपक्षी ‘इन्डिया’ गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति थियो । समारोहमा समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, तृणमूल कङ्ग्रेसका नेता अभिषेक बनर्जी र तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयलगायत सहभागी थिए । भाजपा नेता अमरिन्दर सिंह पनि समारोहमा उपस्थित थिए ।

यसैबीच, सोनिया गान्धीको संस्मरणलाई लिएर भारतीय राजनीतिमा आरोप–प्रत्यारोप सुरु भएको छ । सत्तारूढ भाजपाले पुस्तकमार्फत विगतका घटनालाई ढाकछोप र ‘ह्वाइटवास’ गर्न खोजेको आरोप लगाएको छ ।

कङ्ग्रेस नेताहरूले भने पुस्तकलाई सोनियाको जीवन र योगदानको इमानदार तथा स्पष्ट अभिव्यक्तिका रूपमा व्याख्या गर्दै उनको प्रशंसा गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
प्रेमिका अहिले साथी बनेकी छन् : राहुल गान्धी

प्रेमिका अहिले साथी बनेकी छन् : राहुल गान्धी

काठमाडौं : भारतीय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले आफ्नो पूर्वप्रेमिकाबारे रोचक खुलासा गरेका छन् । उनले पूर्वप्रेमिका अहिले साथी बनेको बताएका हुन् । सोमबार आफ्नी आमा स...

#गान्धी #राहुल
Compare →
Nagarik News
5d ago
गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एफआईआर दर्ता भएको छ।

#गान्धी
Compare →

Related Stories

Technology
Build #2612