Trending
Prev Story
Next Story

नापजाँच भएको ‍१२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

Nagarik News •
November 18, 2026 • 02:22 PM
3
3 reads 0 reactions

सर्लाहीको विष्णु गाउँपालिका-५ र ६ का २७५ स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।

नापजाँच भएको ‍१२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

सर्लाहीको विष्णु गाउँपालिका-५ र ६ का २७५ स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।

साविक सिमरा गाविसका वडा नं १ देखि ७ सम्म लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको ती परिवारले कानुनी स्वामित्व पाएका हुन्। नापी कार्यालय सर्लाहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो।

उक्त क्षेत्रको नापजाँच र नक्साङ्कन २०७१ सालमै पूरा भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया बाँकी रहेकाले वितरण हुन सकेको थिएन।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको पहलमा लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि लालपुर्जा वितरण गरिएको उनको सचिवालयले जनाएको छ।

लालपुर्जा प्राप्त भएपछि स्थानीय परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित हुनुका साथै बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने र भूमिसम्बन्धी विवाद निरुपणमा सहयोग पुग्ने सचिवालयले उल्लेख गरेको छ।

प्रकाशित: २ मंसिर २०८३ २०:०७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
23h ago
सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

गाउँसभाको माइन्युटमा गाउँसभा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको आरोपमा अध्यक्ष राम सिंहासन रायविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ ।

#सर्लाही
Compare →
Onlinekhabar
2d ago
भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा

भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा

३० कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारलाई भेट्न प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेका छन् । सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरी समवेदना …

#सर्लाही
Compare →
Hamro Patro News
2d ago
११ वर्षपछि फुटबल मैदानमा फर्किए ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो, ४६ वर्षको उमेरमा पहिलो खेलमै टोलीलाई जित

११ वर्षपछि फुटबल मैदानमा फर्किए ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो, ४६ वर्षको उमेरमा पहिलो खेलमै टोलीलाई जित

इटाली। विश्व फुटबलका चर्चित ब्राजिलियन स्टार रोनाल्डिन्हो ११ वर्षपछि पुनः व्यावसायिक फुटबल मैदानमा फर्किएका छन्। ४६ वर्षको उमेरमा इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्दै उनले आफ्नो फुटबल करियरक...

#वर्षपछि
Compare →

Related Stories

Technology
Build #2612