Trending
Prev Story
Next Story

किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

Onlinekhabar •
November 17, 2026 • 03:30 PM
2
2 reads 0 reactions

१ मंसिर, सर्लाही । किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गरेका …

किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

१ मंसिर, सर्लाही । किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गरेका रायलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले राय पक्राउ परेको पुष्टि गरे । उनका अनुसार किर्ते हस्ताक्षर गरी गाउँसभा पारित गरेको आरोपमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि रायलाई नियन्त्रणमा लिइएको हो ।

आर्थिक वर्ष २०८०/८१ को गाउँसभामा वडा नम्बर २ बाट निर्वाचित वडा सदस्य सुनैना सहनीको हस्ताक्षर किर्ते गरी बजेट पारित गरेको आरोप रायमाथि छ । गाउँसभा बैठकमा बजेटको निर्णय गर्दा आधाआधा भएपछि गाउँपालिका अध्यक्ष रायले वडा सदस्य सहनीको हस्ताक्षर किर्ते गरेर बजेट पारित गराएको आरोप रहेको प्रहरी स्रोतले बतायो ।

यस विषयमा गाउँपालिकाकी उपाध्यक्ष पक्षले अध्यक्ष रायविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
19m ago
किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव पक्राउ पर्नुभएको छ । गाउँसभा सम्पन्न गरेको माइन्यूटमा किर्ते हस्ताक्षर गरेको आरोपमा अध्यक्ष यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्ल...

#सर्लाही #गाउँसभा #किर्ते
Compare →
Ekantipur
1h ago
सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

गाउँसभाको माइन्युटमा गाउँसभा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको आरोपमा अध्यक्ष राम सिंहासन रायविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ ।

#सर्लाही #गाउँसभा #किर्ते
Compare →
Nagarik News
49m ago
सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

प्रहरीका अनुसार ५५ वर्षीय रायलाई मंगलबार साँझ करिब ५ बजे बसबरिया गाउँपालिका-१ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

#राय #गाउँपालिका
Compare →

Related Stories

Technology
Build #2612