चालकसहित १० जना सवार सुमो दुर्घटनामा सात जना घाइते भएका छन् भने मृत्यु हुनेको संख्या प्रारम्भिक विवरणमा दुई पुगेको छ।
मकवानपुर — मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
आज बिहान ८ : ३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।
सुमोमा चालकसहित १० जना सवार रहेकामा ७ जना घाइते भएका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।