Trending
Prev Story
Next Story

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

Nagarik News •
November 16, 2026 • 11:07 AM
4
4 reads 0 reactions

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म बझाङ, मुगु, सिराहा, धनुषा र सप्तरीमा भएका ६ वटा दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

सबैभन्दा ठुलो मानवीय क्षति बझाङको बुङ्गल नगरपालिका-१० टुमेडास्थित सडकमा भएको छ। टुमेडा गाउँबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ह ७९९८ नम्बरको अटो सोमबार बिहान सडकबाट करिब ९०० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा अटोमा सवार सोही नगरपालिका-१० बस्ने अन्दाजी ३५ वर्षीया राजमति महरा, अन्दाजी १५ वर्षीया तारा महरा, अन्दाजी ५ वर्षीया डल्ली महरा र अन्दाजी ४ वर्षीय रियास महरा रहेका छन्। प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ।

यसैगरी, मुगुको छायाँनाथ रारा नगरपालिका-७ टोप्लास्थित सडकमा आइतबार दिउँसो बा.१७ च १८६४ नम्बरको गाडी करिब ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ।

सुर्खेतबाट रारातर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा काठमाडौं कलंकी बस्ने ५० वर्षीय बिजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्ण कुमार थापाको जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका गाडी चालक र अन्य एक जनाको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिराहाको मिर्चैया नगरपालिका-६ बतहा पुलस्थित सडकमा आइतबार राति ज.११ प ९००२ र बिआर ३२ एआर ५४७३ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही नगरपालिका-८ भगवतपुर बस्ने २३ वर्षीय सुमित कुमार यादवको मृत्यु भएको छ। ज.११ प ९००२ नम्बरको मोटरसाइकलमा सवार उनको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा घाइते सोही मोटरसाइकलमा सवार अन्य एक जनाको नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर र बिआर ३२ एआर ५४७३ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको राम जानकी अस्पताल प्रालि जनकपुरमा उपचार भइरहेको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाईतस्थित सडकमा आइतबार राति प्र.०२-००४ प २०४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

श्रीरीपुरबाट कठाईततर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते मिथिला बिहारी नगरपालिका-९ कटरेज टोल बस्ने २६ वर्षीय प्रशान्त कुमार यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

सिराहाकै धनगढीमाई नगरपालिका-१ बाखरस्थित सडकमा बाखरबाट करचिबारीतर्फ जाँदै गरेको स.५ प ४२०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका २५ वर्षीय प्रेम कुमार महतोको आइतबार राति मृत्यु भएको छ। उनको श्रमजीवी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो भने फरार चालकको खोजी भइरहेको छ।

सप्तरीको बलान बिहुल गाउँपालिका-६ शेहरा चोकस्थित सडकमा गए राति म.प्र.०१-००५ प ५६७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

चन्हीबाट बोदेबर्साइनतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा सोही गाउँपालिका-२ चन्ही बस्ने २० वर्षीय राजिव पासवानको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १६:५२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
9h ago
नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

सोमबार बिहान करिब ६:४० बजे कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

#दुर्घटना #घाइते #सवारी
Compare →
Hamro Patro News
19h ago
दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते

दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते

दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको हाइलेक्स गाडी साँझ साढे ७ बजे दुम्कीवास नजिकै अनियन्त्रित भएर पल्टिँदा उनीहरू दुर्घटनामा परेका हु...

#मृत्यु #दुर्घटना #घाइते
Compare →
Bizshala
1d ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#मृत्यु #दुर्घटना #जनाको
Compare →
Arthasansar
3h ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु #दुर्घटना #जनाको
Compare →
Onlinekhabar
4h ago
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

३० कात्तिक, धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै …

#मृत्यु #दुर्घटना #जनाको
Compare →

Related Stories

Technology
Build #2612