Trending
Prev Story
Next Story

नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

Ekantipur •
November 16, 2026 • 02:32 AM
3
3 reads 0 reactions

सोमबार बिहान करिब ६:४० बजे कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

सोमबार बिहान करिब ६:४० बजे कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

परासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

सोमबार बिहान करिब ६:४० बजे कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ। घाइतेहरूलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ।

यसैगरी, आइतबार राति विनयी त्रिवेणी गाउँपालिका–२, विनयी खोला पुलनजिकै हाइलक्स गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। एकै परिवारका अन्य तीन जना घाइते भएका छन्। काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा.प्र.०१–००३० च ८१६७ नम्बरको हाइलक्स गाडी अनियन्त्रित भई सडकबाट करिब १५–२० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ की ३६ वर्षीया दिपिका तिमिल्सिनाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा गाडी चालकसमेत रहेका मृतकका श्रीमान् ३७ वर्षीय गणेश तिमिल्सिना घाइते भएका छन्। उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर रिफर गरिएको छ। दुर्घटनामा घाइते भएका उनीहरूकी १५ वर्षीया छोरी प्रपेशा तिमिल्सिना र १२ वर्षीय छोरा रयास तिमिल्सिनाको अवस्था मध्यम रहेको र उनीहरूको डण्डामै उपचार भइरहेको प्रहरीले जनाएको छ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते

दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते

दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको हाइलेक्स गाडी साँझ साढे ७ बजे दुम्कीवास नजिकै अनियन्त्रित भएर पल्टिँदा उनीहरू दुर्घटनामा परेका हु...

#दुर्घटना #घाइते #मृत्यु
Compare →
Bizshala
15h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #जनाको #मृत्यु
Compare →
Onlinekhabar
14h ago
रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

२९ कात्तिक, सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रारा ताल जाने पर्यटक बोकेर जाँदै …

#दुर्घटना #जनाको #मृत्यु
Compare →
Nagarik News
13h ago
काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार दिउँसो सडकबाट अन्दाजी ६०० फिट तल खसेको थियो।

#दुर्घटना #जनाको
Compare →

Related Stories

National (Nepal)
Build #2612