इंग्ल्यान्डले यूईएफए नेसन्स लिगमा आइतबार स्पेनलाई ३–२ ले पराजित गरेको छ । यससँग विश्व च्याम्पियन स्पेनको ४४ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।
काठमाडौँ — इंग्ल्यान्डले यूईएफए नेसन्स लिगमा आइतबार स्पेनलाई ३–२ ले पराजित गरेको छ । यससँग विश्व च्याम्पियन स्पेनको ४४ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बेल्जियमले भने अर्को खेलमा इटालीलाई ४–१ ले हराएको छ र फ्रान्ससँगै क्वाटरफाइनल पुगेको छ ।
टोमस टुचेलको इंग्ल्यान्डले स्पेन सम्मिलित समूह ए–थ्री पनि जित्न सफल रह्यो । दुवै समान १५ अंकमा रहे । इंग्ल्यान्डले दस खेलाडीमा सीमित रहेर यो जित निकालेको हो । स्पेन भने सन् २०२३ यता पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा पराजित भएको हो ।
इंग्ल्यान्डले ह्यारी केनले पेनाल्टीबाट गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । उनको यो इंग्ल्यान्डका लागि कीर्तिमानी ९३ औं गोल रह्यो । त्यसपछि इंग्ल्यान्डका लागि इजरी कोन्सा र बेन ह्याइटले गोल गरे । इलिट एन्डरसनले ६३ औं मिनेटमा रातो कार्ड खाएर मैदान छाडे ।
त्यसैमा प्राप्त पेनाल्टीलाई मिखेल ओयारजबलले गोलमा परिणत गरे र स्पेन पहिलो गोल फर्काउन सफल रह्यो । त्यसपछि निको विलियम्सले दोस्रो गोल थपे । फ्रान्सले भने टर्कीलाई २–१ ले हरायो । यस्तै क्रोएसियाले चेक गणतन्त्रलाई २–१ ले पन्छायो ।