म्याड्रिड । युइएफए नेसन्स लिगअन्तर्गतको रोमाञ्चक भिडन्तमा इंग्ल्यान्डले विश्व विजेता स्पेनलाई ३–२ गोलले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ। यससँगै इंग्ल्यान्डले स्पेनको लगातार ४३ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लगाउँदै समूह ‘ए–३’ को उपाधि आफ्नो नाममा गरेको छ।
खेलको पहिलो हाफको अन्तिम मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा थप आक्रामक बनेको इंग्ल्यान्डका लागि ५३औँ मिनेटमा इजरी कोन्सा र ५७औँ मिनेटमा बेन ह्वाइटले गोल थप्दै टोलीलाई ३–० को बलियो अवस्थामा पुर्याए।
Read full story at source ( barnanmedia.com )